Trending
नेपाली कांग्रेसका युवा नेता सञ्जय शेर्पा प्रदेश सांसदमा सिफारीस हुनु भएको छ । उहाँ प्रदेश नम्बर–१ प्रदेशसभामा अल्पसंख्यक, आदीवासी जनजाती समानुपातिक समाबेशी कोटामा प्रदेश सांसदमा सिफारीस हुनु भएको हो ।
लामो समयदेखि सामाजिक काममा समेत सकृय रहदै आउनु भएका शेर्पा नेपाली कांग्रेसभित्र जुझारु नेताको रुपमा चिनिनुहुन्छ । युवाहरुबीच निकै लोकप्रिय नेताको रुपमा चिनिनु हुने शेर्पा नेपाली कांग्रेसको महासमिति सदस्य, नेपाल लोकतान्त्रिक शेर्पा संघका केन्द्रीय सचिवसमेत हुनुहुन्छ ।
संखुवासभाको चैनपुर नगरपालिका घर भएका शेर्पा जनताको साथमा कांग्रेस अभियान अन्र्तगत जनताको घर घरमा पुग्नु भएकोछ । यस भन्दा अघि पनि उहाँले जिल्लाकै दुर्गम भनेर चिनिने भोटखोला क्षेत्रमा समेत पुगेर नेपाली कांग्रेसले पटक पटक दिएको जिम्मेवारी पुरा गर्नु भएको छ ।
युवा परिचालनबाट नेपाली कांग्रेस सुदृढ र सक्षम हुन्छ भन्ने उहाँको बिचार छ । युवा उद्योगि र व्यवसायीसमेत रहेका शेर्पाको नेपाली कांग्रेसमा सधै सकृय योगदान छ । त्यसैले पनि पार्टीले उहाँको उच्च मूल्याङ्कन गर्दे प्रदेशसभामा सिफारीस गरेको छ । यसले संखुवासभाको नेपाली कांग्रेस र युवा जमातबीच उर्जा थपेको छ ।