बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन तथा विसर्जनमा हुँदै आइरहेको बारम्बारको अवरोध हटाउन सो क्षेत्रका स्थानीय बासिन्दा र प्रशासनबीच चार बुँदे सहमति भएको छ ।

हिजो काठमाडौँ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधि तथा काठमाडौँ महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृतबीच भएको बैठकमा बन्चरे डाँडाको अवरोध अन्त्य गर्न चार बुँदे सहमति भएको हो ।

काठमाडौँ महानगरका फोहोर व्यवस्थापन सल्लाहकार सुनिल लम्सालले फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बन्चरे डाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने सहमति भएको जानकारी दिए ।

सहमतिपछि अब फोहोर व्यवस्थापन थप सहज हुँदै जाने उहाँको दाबी छ । यसै गरी गत जेठ ६ गते भएको सहमति कार्यान्वयन गर्दै फोहोर व्यवस्थापनमा अहिले देखिएका अवरोध अन्त्य गर्दै जाने सहमती भएको पनि भएको छ ।

यसअघि भदौ १ देखि फोहोर फाल्न नदिने भनी धुनिबेँसी नगरपालिकास्थित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा ९एकीकृत समाजवादी०का स्थानीय सङ्गठनका प्रमुखहरूद्वारा जारी विज्ञप्तिसमेत अगाडि नबढाइने सहमति पनि बैठकमा गरिएको छ ।

बिहिबार, २ भदौ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !