दक्षिण एशियाली पत्रकारहरुको सम्मेलन काठमाडौमा सुरु भएको छ ।

दक्षिण एशियाको आर्थिक न्याय, लैगिंक न्याय र जलवायु न्याय सम्बन्धी मुद्धाहरुमा दक्षिण एशियाका पत्रकारहरुको साझा धारणाका बिषयमा छलफल हुने छ ।

त्यसैगरी दक्षिण एशियामा देखिएको आर्थिक मन्दी, गरीवी, उर्जा संकट, कर प्रणाली र जलवायु परिवर्तनमा देखिएको असरको बारेमा सुधार गर्ने बिषयमा पत्रकारहरुको भूमिकाको बारेमा छलफल हुने छ ।

सम्मेलनले अहिले देखिएको उर्जा संकट, आर्थिक संकट र न्याय प्रणालीमा दक्षिण एशियाली पत्रकारहरुको साझा धारणा बनाउन भूमिका खेल्ने विकास र बैदेशीक सहायता का लागि एसीयाली संठन (एपीएमडीडी) का संस्थापक सदस्य डाक्टर अर्जुन कार्कीले बताउनुभयो ।

सम्मलेनमा आ–आफ्नो देशको समस्या र अनुभवको आदान प्रदान हुने छ । दुई दिन सम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, पाकीस्तान, श्रीलंका, बंगलादेश, फीलिपिन्सलगायत देशका ५० भन्दा बढी पत्रकारहरुको सहभागिता छ । एशियन प्रशान्त क्षेत्र विकास र अन्तर्राष्ट्रिय सहायता संठनले बर्षेनी दक्षिण एशियाली देशहरुमा पत्रकारहरुको सम्मेलन गर्दे आएको छ ।

मङ्लबार, ३१ साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !