सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बनाएको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ ।

आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बस्ने तय भएको हो । कार्यदल संयोजकमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन भने ५ दलीय गठबन्धनबाट दुई(दुई जना सदस्य रहेका छन ।

गत साउन २० मा सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन गरेर जाने औपचारिक सहमति गर्दै सिट बाँडफाँट गर्न कार्यदल बनाएका थिए ।

कार्यदलले सिट बाँडफाँटको मोडालिटीबारे छलफल गरेको छ । स्थानीय चुनाव, संसदमा अहिले दलहरूको प्रतिनिधित्वको अवस्था, २०७४ को चुनावमा दलहरूले ल्याएका मतलगायत आधारमा सिट बाँडफाँट गर्ने गरी गृहकार्य भइरहेको बताइएको छ ।

यसैबीच, गठबन्धनका शीर्ष नेताको बैठकले कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ । आइतबार बालुवाटारमा बसेको बैठकले कार्यदललाई चाँडोभन्दा चाँडो कार्य सम्पन्न गर्न निर्देशन दिएको कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्यदलमा नेपाली कांग्रेसबाट सिटौला संयोजकसहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् । एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् । यसैगरी, जसपाबाट रामसहाय यादव, रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

सोमवार, ३० साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !