नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ । बैठक शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा बस्न लागेको हो ।

बैठकमा आगामी निर्वाचनको तयारी, गठबन्धनमा भागबण्डा गर्दा पार्टीले राख्नुपर्ने सिट, जनप्रतिनिधिको भेलालगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

पाँच दलीय गठबन्धनमा रहेको कांग्रेसलाई आगामी चुनावका लागि सिट भाग लाउनुपर्ने चटारो छ । देशभरका १६५ सिटकै अवस्था विश्लेषण गरेर कांग्रेसले सिट दाबी गर्ने तयारी गरेको छ ।

प्रतिनिधि सभाका लागि झण्डै सय सिट पार्टीले पाउनुपर्ने दाबी कांग्रेसका नेताहरूले गर्दै आएका छन् । तर, गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादीका नेताहरू कांग्रेसलाई सय सिट दिन तयार छैनन् । यसबारे कांग्रेसले शनिबारको बैठकमा छलफल गर्ने छ ।

गठबन्धन दलबीच सिट बाँडफाँटका लागि कार्यदलसमेत गठन गरिएको छ ।

शनिबार, २८ साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !