निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ।

सोमबार बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो।

जसअनुसार असोज २३ मा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको समय दिइएको छ।

असोज ११ मै निर्वाचन अधिकृतहरू नियुक्त गरिने र असोज २१ भित्र निर्वाचन अधिकृत कार्यालय खोल्ने कार्यतालिका छ।

कात्तिक २७ मा मतपत्र ढुवानी गरिने र मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म निर्वाचन हुने आयोगको कार्यतालिका छ।

समानुपातिकतर्फ भने साउन ३० मा कार्यालय स्थापना हुनेछ। असोज २ र ३ गते दलहरूले उम्मेदवारको बन्द सूची पेश गर्नुपर्ने हुन्छ।

निर्वाचन कार्यतालिका स्वीकृत भएको र यसै कार्यतालिकाअनुसार आयोगले काम सुरू गर्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

आयोगले यो कार्यतालिका सार्वजनिक भने नगर्ने उनले बताए। ‘समयवद्ध काम गर्न आयोगले बनाएको यो आन्तरिक कार्यतालिका हो। हामी समानुपातिकतर्फको कार्यतालिका भने राजपत्रमा प्रकाशित गरेर सार्वजनिक गर्छौं,’ उनले सेतोपाटीसँग भने।

आयोगले बनाएको कार्यतालिकामा पछि केही हेरफेर पनि गर्न सकिने उनको भनाइ थियो।

मङ्लबार, २४ साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !