उदयपुरको सप्तकोशी प्रभावित क्षेत्रमा उद्धार कार्य आज (विहीबार) पनि जारी छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी प्रभावित क्षेत्रमै रहेर उद्धार कार्य जारी राखेको हो ।

प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवका अनुसार प्रभावित क्षेत्रमा पानीको सतह कम हुँदै गएको छ । सप्तकोशीले चतरा क्षेत्रमा उदयपुरतर्फ कटान गरि भङ्गालो पसेको हो । भङ्गालो पसेर उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ डुवानमा परेको थियो ।

एक हजार पाँचसय घरपरिवार डुवानमा परेका छन् भने १० हजार घर परिवार उच्च जोखिममा परेका छन् । घर छाडेका अधिकांश प्रभावितहरु आफन्तको शरणमा बसेका छन् भने अन्य मानिसहरु विद्यालय र सामुदायिक भवनमा बसेका छन् ।

स्थानीय सरकार र प्रशासनले उद्धारसँगै पिडितहरुलाई राहत तथा सहयोगको ब्यवस्था मिलाउन लागि परेको छ । रेडक्रस लगायतका विभिन्न संघसंस्थाले प्रभावित क्षेत्रमा खटेर उद्धारमा सहयोग गर्दै आएको छ भने राहत सामग्रीको ब्यवस्था गरिरहेकोछ ।

बेलका नगर प्रमुख अशोक कार्कीका अनुसार बेलैमा उद्धार कार्य थालिएकोले मानवीय क्षती भएको छैन । मोटरबोट, प्लाष्टिकको डुङ्गा, ट्याक्टर र सुरक्षाकर्मीको सवारी साधन उद्धारमा प्रयोग भएका छन् । उच्च जोखिम भएपनि कतिपय घरपरिवार सुरक्षित स्थान सर्न मानेका छैनन् । रासोबासो छाड्ने नमानेका उनीहरु जेखिम मोलेरै भएपनि बस्ने अडान कस्ने गरेपछि उनीहरुलाई सम्झाई बुझाई सार्न जनप्रतिनधि र सुरक्षाकर्मीले कसरत गर्नु परेको छ ।

यसैबीच आज परराष्ट्रमन्त्री डा नारायण खड्का आज प्रभावित क्षेत्रमा अवलोकनका लागि पुगेका छन ।

 

बिहिबार, १९ साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा