प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवलाई २७ बुँदे निर्देशन दिएका छन । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर संयुक्त रुपमा मन्त्रीरराज्यमन्‍त्री र सचिवलाई प्रधानमन्‍त्री देउवाले २७ बुँदामा निर्देशन दिएका हुन ।

प्रधानमन्‍त्री देउवाको निर्देशन बजेट कार्यान्वयन कार्ययोजनाको प्रभावकारी कार्यासम्पादन, चुनावी तयारीलगायत विषयमा केन्द्रित छ। उनले पाँच दलीय सरकार गठन भएको एक वर्षमा सरकारले राजनीतिक स्थायित्व प्रदान गर्दै स्थानीय तहमा नयाँ नेतृत्व स्थापित गराएको उल्लेख गरेका छन । स्थानीय तह निर्वाचनपछि आएको नेतृत्वले विकास र सेवा प्रवाहमा उत्साह देखाएको उनको भनाइ छ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन केही महिनामै हुने जानकारी गराउदै त्यसको तयारीलाई उच्च प्राथमिकता दिन निर्देशनसमेत दिएका छन ।

प्रधानमन्त्री देउवाले जनताको सेवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेवल टेवलमा हुने शासन अन्त्य गर्न निर्देशन दिएका छन । ‘तपाईंहरुले सरकारी कार्यालयका टेवल टेवलका शासन आजैदेखि बन्द गराउनुहोस्,’ प्रधानमन्त्रीले निर्देशन दिँदै भने, ‘जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रुपमा काम गर्नुहोस् ।’

प्रधानमन्त्रीले कानुन बमोजिम सुविधा पाउने बाहेकका कर्मचारी वा अन्य पदाधिकारीलाई सवारी साधन सुविधान र इन्धन नदिन पनि निर्देशन दिएका छन । इन्धनको मूल्य वृद्धिसँगै यसले मुलुकको विदेशी मुद्रामा असर गरिरहेका बेला उहाँले कानुनले तोके बाहेकका सरकारी कर्मचारीलाई सवारी साधानको सुविधान पाए नपाएको लगत हेरर कटौती गर्न निर्देशन दिएका हुन ।

 

मङ्लबार, १७ साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !