Trending
नेकपा (एमाले)ले महंगीविरुद्ध काठमाडौं उपत्यकामा वृहत प्रदर्शन गर्ने भएको छ ।
सरकारले महंगी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै एमालेले दिउँसो २ बजे काठमाडौंको वसन्तपुरमा प्रदर्शन गर्न लागेको हो ।
केही दिनअघि पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा बसेको बैठकले महंगीविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
प्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन हुनेछन् ।