Trending
नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले सपथ ग्रहण लगत्तै पदबहाली गरेका छन ।
राष्ट्रपति भवन शितल निवासमा सपथ लिनासाथ सिंहदरवारस्थित अर्थमन्त्रालय पुगेर उनले पद बहाली गरेका हुन । अर्थ मन्त्रालयमा नवनियुक्त मन्त्री शर्माको स्वागतमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
बजेट निर्माणको क्रममा असम्बन्धित व्यक्तिले करको दर हेरफेर गरेको आरोप संसदमा लागेपछि उनले केहीदिन अघि राजिनामा दिएका थिए । यस विषयमा संसदीय छानवीन समितिले छानविन समेत गरेको थियो । तर छानविनमा उनी निर्दोष ठहरिएपछि नेकपा माओवादी केन्द्रले शर्मालाई नै पुन अर्थमन्त्री बनाउने निर्णय गरेको थियो ।