प्युठानको स्वर्गद्वारीमा आज भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन ।

घाइतेहरुको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको छ । जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो । स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा जीप दुर्घटना भएको थियो ।

स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका -३ निवासी ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन। त्यसमध्ये ९ जनाको अबस्था गम्भिर छ । भिङ्ग्रीमा प्राथमिक उपचारपछि घाइतेहरुलाई बुटवल रिफर गरिएको थापाले बताउनुभयो। रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय जीप रिजर्भ गरेर शुक्रवार तिर्थयात्राका लागि स्वर्गद्वारी आएका थिए। जीपमा १७ जना सवार थिए। जीपको ब्रेक नलागेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

शनिबार, १४ साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा