मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि हरेक वर्षको जुलाई ३० मा यो दिवस मनाउन सुरु गरिएको हो।

दिवसको अवसरमा विश्वभर मानव बेचबिखनविरुद्ध जनचेतचना जगाउने र बेचविखनमा परेका व्यक्तिको मानवअधिकार संरक्षण गर्ने कार्यलाई प्रचारप्रसार तथा प्रतिवद्धता व्यक्त गरिन्छ।

संयुक्त राष्ट्रसंघको एक प्रतिवेदन अनुसार बेचबिखनमा परेकाको यकिन संख्या तोक्न कठिन भए पनि यीमध्ये २८ प्रतिशत बालबालिका छन्। ७० प्रतिशतभन्दा धेरै महिला बेचबिखनको शिकार हुन्छन्। दक्षिण एसियामा बेचबिखनमा पर्नेमा ४० प्रतिशत बालबालिका रहेको तथ्यांक छ।

संयुक्त राष्ट्र संघका प्रमुख एन्टिनियो गुटेरेसले मानवको तस्करीलाई एक भयावह अपराधको संज्ञा दिँदै मानिसको अधिकार, सुरक्षा र गरिमामा चौतर्फीरूपमा आक्रमण भइरहेको बताएका छन्।

उनले विशेष रुपमा महिला तथा बालिकाहरुमाथि यस्ता अपराध बढिरहेको भन्दै यो निकै दुःखद रहेको बताएका छन्। संयुक्त राष्ट्र संघको ड्रग्स तथा अपराध निरोधक कार्यालयले प्रविधिको दुरुपयोग गरी यस्ता घटना बढाएको बताएको छ ।

शनिबार, १४ साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा