बजेटमा करका दर हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन समितिले सभामुख अग्निप्रसाद सापकोटालाई छानबिन प्रतिवेदन बुझाएको छ।

शुक्रबार समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा समक्ष समितिले तयार पारेको प्रतिवेदन पेश गरेका हुन । सभामुखको निजी सचिवालयका अनुसार संघीय संसद भवनको शंकर हलमा पुगेर समितिले सभामुख समक्ष शुक्रबार दिउँसो प्रतिवेदन पेश गरेको हो।

२०७९ जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले टेबुल गर्नुभएको आर्थिक वर्ष २०७९/०८०को आर्थिक विधेयकमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषय सार्वजनिक भएपछि असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन भएको थियो।

संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्दै प्रतिनिधिसभा बैठकमै राजीनामा घोषणा गरेका थिए ।

हेर्नुहोस प्रतिवेदनको पूर्णपाठ

शुक्रबार, १३ साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे