Trending
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।
निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाईएको हो । नेपाल समाजवादी पार्टी बाबुरामनिकट पूर्वविद्यार्थी नेता दीपक लामिछानेको नाममा दर्ता थियो ।
आयोगमा नेपाल समाजवादी पार्टी दर्ता भए पनि यसमा अध्यक्षलगायत केन्द्रीय सदस्य भने अद्यावधिक भइसकेका छैनन्।
पार्टीको चुनाव चिह्न आँखा रहेको छ । यो चुनाव चिन्ह पहिले भट्टराई नेतृत्वकै नयाँ शक्ति पार्टीको थियो।