एक लाख भन्दा बढी कोरोना पीडितले दुई वर्ष नाघिसक्दा पनि कोरोना बीमाबापतको भुक्तानी पाएका छैनन् ।

बीमा कम्पनीहरुले सरकारले रकम निकासा नगर्दासम्म भुक्तानी नगर्ने अडान लिएपछि कोरोना पीडितले भुक्तानी नपाएका हुन् । कोरोना पिडितको झण्डै साढे ११ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

बीमा कम्पनीहरुले आफ्नो दायित्वमा पर्ने रकम भुक्तानी गरिसकेको भन्दै बाँकी भुक्तानी गर्न नसक्ने बताएका छन् । सरकारले रकम निकासा गरेपछि मात्रै भुक्तानी दिने नेपाल बीमक संघका महासचिव अशोककुमार खड्काले बताउछन ।

बीमा समितिले पनि कोरोना बापतको भुक्तानीका लागि पटक-पटक ताकेता गर्दै आएको छ । पटक-पटक ताकेता गर्दा पनि रकम निकासा नभएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । कोरोना बीमा मापदण्ड अनुसार तत्काल रकम निकासा गर्न कार्यकारी निर्देशक पौडेलले माग गरे ।

यता अर्थमन्त्रालयले भने कोरोना बीमा बापतको रकम निकासा गर्न सकेको छैन । यस विषयमा अर्थमन्त्रालयका अधिकारीहरु कुरा गर्न सम्म चाँहदैनन् । अर्थमन्त्रालयको मौनताले निकासा हुनुपर्ने झण्डै साढे १२ अर्ब कहिलेसम्म निकासा हुन्छ भन्ने टुंगो छैन ।

कोरोनाकाल सुरु भएपछि बीमा समितिको निर्देशनमा बीमा कम्पनीहरुले साढे १७ लाख बीमा लेख जारी गरेका थिए । जसमा डेढ लाखभन्दा बढीले भुक्तानीका लागि दाबी गरेका थिए । हालसम्म बीमा कम्पनी र पुल मार्फत करिब ५ अर्ब रुपैयाँ भुक्तानी भईसकेको छ ।

बिहिबार, १२ साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा