Trending
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा प्रकाशित गरेको छ ।
भर्खर मात्र पत्रकार सम्मेलन गरेर राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षाफल प्रकाशित भएको जानकारी दिएका छन ।
केहीबेर अघि बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र यसबर्षको एसइईको परीक्षामा सहभागी भएका थिए ।
यसरी हेर्न सकिन्छ नतिजा
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ। एसएमएसका लागि सर्टकोडहरू ३५००१, ३४९४९, ३१००३ र १६०० छन् रहेका छन्।
यस्तै www.see.gov.np, www.neb.gov.np, www.khalti.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.admissionnepal.com वेब साइडबाट पनि नतिजा हेर्न सकिन्छ ।