काठमाडौं महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने भएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालका अनुसार आज जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने र भोलिदेखि फोहोर उठाउन सुरू गरिने भएको हो।

‘भोलि १२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन, त्यसै सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ’, महानगरद्वारा जारी सूचनामा भनिएको छ।

उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक निर्माणका लागि भन्दै महानगरले कम्तिमा ७ दिन फोहोर नउठाउने निर्णय गरेको थियो।

त्यस लगत्तै फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिलसमेत गरेको थियो ।

महानगरले घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोधसमेत गरेको थियो।

अब भोलिबाट फोहोर उठाउने र ढुवानी गर्ने काम सुरू हुने महानगरले जानकारी दिएको छ।

बुधबार, ११ साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान