नवलपरासी पूर्व (नवलपुर) को विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ दाउन्नेमा बस दुर्घटना भएको छ।

पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ़ जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भई पल्टिएको थियो।

बस सडकमै पल्टेपछि आगलागी भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ३१ जना यात्रु घाइते छन् । आगलागीबाट यात्रु घाइते भएका हुन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।

घाइतेमध्ये केहीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले जानकारी दिए।

८ जना घाइतेलाई भने चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ।

बुधबार, ११ साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा