संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज (बुधबार) बस्ने भएको छ।

बुधबार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने लागेको हो । बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सदनमा छलफलका लागि प्रस्तुत गर्ने छन्।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला तथा सामाजिक समितिको प्रतिवेदनसहितको जेष्ठ नगरिक (पहिलो संसोधन) विधेयक,२०७५ माथि छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने लगायतको कार्यसूची रहेको सचिवालयले जनाएको छ।

त्यस्तै, राष्ट्रिय सभको बैठक भने दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।

बुधबार, ४ साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !