Trending
अमेरिकाका पूर्व राजदुत तथा बिकास बिज्ञ डा। अर्जुन कार्कीले चतरा – किम्माथांका अन्तर्राष्ट्रिय स्तरको सडक बनाउनु पर्नेमा जोड दिनु भएको छ । संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसियसनको कार्यालय काठमाडौमा सञ्चारकर्मीसंग कुरा गर्दे उहाँले अपर अरुण आयोजना र अन्य आयोजना बनि रहँदा चतरा–लेगुवा–तुम्लिङटार–फ्याक्सीन्दा–किम्माथांकासम्मको सडकलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु पर्नेमा जोड दिनुभएको हो ।
उहाँले यो सडक युरोपियन, अमेरिकन मापदण्डबाट र त्यहि स्तरको, पर्यटकीय दृष्टिकोणले सुन्दर बनाउन सकीने बताउनुभयो । अबको भौतिक पूर्वाधार ५० बर्ष पछाडीको अवस्थालाई आंकलन गरेर बनाउनु पर्ने उहाँको भनाई थियो । आफूले १ सय ५२ देशको बिकासलाई नजिकबाट अनुभव र अनुगमन गर्न पाएको भन्दै यो सडकलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसारको रमणीय पनि बनाउन सकीने बताउनुभयो । चतरा–लेगुवा हुँदै अरुण नदीको किनारै किनार किम्मांथाकासम्मको सडक सुन्दर र भारत–चीन जोड्ने सबै भन्दा छोटो दुरीको सडक हुने उहाँको भनाई थियो ।
यो सडक धरानबाट चिसो छल्न भेडेटार उक्लिए जस्तो अनुभूति हुने गरी संसारको सबै भन्दा अग्लो हिमश्रृंखलामा पर्ने भौगोलिक यस्तो बिबिधता संसारमा कहि नभएको जिकीर गर्नुभयो । समुद्र सतहबाट अग्लो स्थानमा रहेको र असाध्यै छोटो दुरीमा रहेको यस सम्भाब्यतालाई उपयोग गर्न नसकीएको बताउनुभयो । उहाँले संखुवासभामा विश्वका प्रमुख प्रोजेक्ट बनि रहेको अवस्थामा यसको उपयोग गर्दे यस्ता अन्तर्राष्ट्रिय सडक सर्कीट तर्फ ध्यान दिनु पर्ने बताउनुभयो ।
सडककै माध्यमबाट रिङरोड बनाउन सकीयो भने अलैची, चिराईतो, चिया, जडीबुटी सजिलैसंग भारतका बजार सम्म पु¥याउन सकीने उहाँको दाबी छ । निर्माणाधिन हाईड्रोपावरसंग जोडेर चियाप्रशोधन केन्द्र, जडिबुटी प्रशोधन केन्द्र खोल्नु पर्ने उहाँको भनाई थियो । संखुवासभा आर्थिक क्षेत्रको नमुना जिल्ला बन्न सक्ने उहाँको आंकलन छ ।
संखुवासभा पर्यटनको राजधानी बन्न सक्ने भन्दै गुराँसको राजधानी मिल्के जलजले, धार्मिक पर्यटन, मनकामना, सिद्धकाली, अरुण उपत्यका, गुफापोखरी, सभापोखरी, नुनढाँकी, तातोपानी, खेम्पालुङ, शिवधारा, मकालु हिमाललगायत अनेकन बेसी, तालतलैया भए पनि पर्यटनमा प्रगति हुन नसकेको उहाको तर्क छ । साँस्कृतिक दृष्टिकोणले धनि भए पनि त्यसको उपयोग गर्न सकीएको छैन, कार्कीको भनाई छ ।
जिल्लामा लागनी भित्र्याउनकोलागि बिभिन्न सम्मेलन गर्न सक्ने भन्दै संखुवासभालाई संसारकै सुन्दर ठाउँको रुपमा चिनाउन सकीने पनि बताउनुभयो । सडक सर्कीटबाट अरुणको किनारै किनारबाट किम्मांथाका जोड्ने सडक साँच्चै सुन्दर र मनमोहक हुने उहाँको भनाई थियो । उहाँले बिकासका सबै खाँकालाई अहिले संखुवासभा विश्वस्तरका बन्नलागेका र बनि रहेका आयाजनाको सन्दर्भमा उपयोग गर्न सकीने पनि बताउनुभयो ।