नेकपा एमाले स्थाई समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले संखुवासभास्थित अपर अरुण आयोजनामा चलखेलको गन्ध आएको बताउनुभएको छ ।

आईतबार संसदमा अपर अरुण जलबिद्युत आयोजनाको बिषयमा बोल्दै उहाँले पछिल्लो समय यो आयोजना ब्यापारि र बिदेशीलाई सुम्पने त हैन भन्ने जनतामा ठुलो त्रास फैलीएको पनि बताउनुभयो । अपर अरुणको सयर गर्ने क्रममा दिनकै पाँचवटा भन्दा बढी हेलिकप्टर लिएर अर्थमन्त्री जर्नादन शर्माको नेतृत्वमा हवाई र स्थलगत निरीक्षणको प्रकृयाले बिवाद उत्पन्न गराउने र अपर अरुण बेच्न र देशका सम्पूर्ण नदिनाला भारतलाई सुम्पने खेल त भई रहेको छैन भन्ने जनतामा ठुलो त्रास फैलीएको उहाँको भनाई छ । संखुवासभास्थित अरुण तेस्रो आयोजना ल्याउने र नल्याउनेहरुको बिचको मतान्तरले जसरी २५ बर्ष सम्म संखुवासभामात्र हैन, देश नै पछाडी प¥यो । त्यसैले यसको पनि अरुण तेस्रोको जस्तै नियति हुने त हैन भन्ने प्रश्न गर्नुभयो ।

उहाँले अपर अरुण जलबिद्युतको निर्माण र बिकासमा संखुवासभाली र नेपाली जनताको सहभागिता, स्वामित्व र अपनत्व कायम हुने गरी आन्तरिक पूँजीबजारको माध्यमबाट निर्माण गर्न जोडदार माग पनि गर्नुभयो । उहाँले प्रत्येक जिल्लाबासीलाई, प्रदेश–१ र नेपाली नागरिकको लगानीमा आयोजना बनाउनु पर्ने बताउनुभयो । उहाँले यसलाई व्यापारिको हातमा सुम्पने, व्यापारिकरण गर्ने, चलखेल भएको भन्दै आर्थिक रुपले बिपन्न जनताले शेयर हाल्ने बातावरण बनाउनु र शेयरमा समानुपातिक बितरण गर्न पनि माग गर्नुभयो ।

जलबिद्युत बिकासमा शेयर लगानी गर्न सरकारले बाटो खोल्दीनु पर्ने उहाँको माग थियो । अपर अरुण आयोजना नेपालको पानी जनताकोलागनी अर्थात जनताको जलबिद्युत कार्यक्रम अन्र्तगत बन्नु पर्नेमा उहाँले जोड दिनुभयो । सरकारले यो आयोजना कुन मोडालिटीमा बनाउन चाहेको छ ? हालको अवस्था के छ ? यथार्थ जानकारी दिन पनि सरकारसंग माग गर्नुभयो ।

उहँले परम्परागत उर्जाको स्रोतलाई स्वच्छ कीफायती तथा आधुनकि उर्जाले प्रतिश्थापनगर्नु, उर्जा सुरक्षा तथा उर्जा दक्षताका लागि मिश्रीत उर्जा प्रणालीको नीति अवलम्बन गर्नु, उर्जाको पहुँच नपुगेका बास्तवीक लक्षीत वर्ग र क्षेत्रमा पुहुँच पु¥याउनु पर्ने पनि बताउनुभयो । उहाँले नेपालको पानी जनताको लगानी भन्ने सरकारको अभियानलाई स्थानीय स्तरमा निर्माण हुने ठूला जलबिद्युत आयोजनामा जनताको लगानी सुनिश्चित गरीनु पर्ने बतउनुभयो । जनतालाई नै मालिक बनाउने जनसहभागितामा आधारित लगानी अभिबृद्धि गर्न स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारको संयुक्त लगानी नीति अख्तियार गर्न पनि माग गर्नुभयो ।

स्थानीय र गरिबीको रेखा मुनि रहेका परिवारलाई बिद्युतको उपयोगमा सहुलयत दिनुपर्ने उहाँको धारणा छ । गौतमले घर–घरमा बिुजुली र जन–जनमा शेयरको नीति अवलम्बन गर्नु पर्नेमा जोड दिनुभयो । जनता र सरकारको संयुक्त लगानी अभिवृद्धि र प्रवद्धन गर्न स्वदेश तथा प्रवासमा रहेका नेपाली नागरिक तथा गैह्र आवसीय नेपालीहरुलाई ४९ प्रतिशत शेयर खरिद गर्न पाउनु पर्ने व्यवस्था मिलाउन माग गर्नुभयो ।

सोमवार, १३ असार, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !