Trending
उपन्यासकार रामकृष्ण वान्तवाको चौधौंकृति आमालाई चिठी सार्वजनिक गरीएको छ । हङकङ साहित्यिक साझा शृखलामा हङकङको उपन्यासकार वान्तवाको चौधौं कृति १ सय ४० पृष्ठको छ ।
सोहि अवसरमा कोरियाका दिलिप वान्तवाको काथा संग्रह ताल्चा, कोरियाका कवि दिपा मेवाहाङ राईको यादको सन्दुक कविता पनि सार्वजनिक गरीएको छ ।
आजै संयुक्त रुपमा सार्वजनिक गरीएका पुस्तकको हङकङ निवासी साहित्यकार राजकुमार राईले टिप्पणी गर्नु भएको थियो । साहित्यकार राइले सबै पुस्तक पठन योग्य भएको भन्दै साहित्य सृजनाबाट पनि समाज रुपान्तरण गर्न सकीने बताउनुभयो । साहित्य सृजनामा दक्खल राख्ने राईले पुस्ताकलय अभियानसमेत सञ्चालन गर्नु भएको छ ।
उहाँले हङकङमा पुगेका नेपाली साहित्यकारहरुको सम्मान र पुस्तकहरुको बजार व्यवस्थापनसमेत गर्दे आउनुभएको छ ।