पाकिस्तानी राजदूतावासले पाकिस्तानका विभिन्न शैक्षिक संस्थाहरुबाट स्नातक गरेका नेपाली नागरिकहरुको सम्मानमा गरेको छ ।

राजदूतावासले शनिवार पूर्व विद्यार्थीहरुको गेट टुगेदर आयोजनासहित सम्मान गरेको हो । स्नातकहरूले पाकिस्तान प्राविधिक सहायता कार्यक्रम (PTAP) अन्तर्गत एमबीबीएस, बीडीएस, डी फार्मेसी, बीएस इन्जिनियरिङलगायतमा छात्रवृत्ति प्राप्त गरेका हुन् ।

कार्यक्रम पाकिस्तानको स्वतन्त्रताको ७५ वर्षको अवसरसंगै गरीएको थियो । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल–पाकिस्तान मैत्री सम्बन्धको गहिराइ र न्यानोपनको स्मरण गर्दै नेपालको विकास र प्राविधिक शिक्षाको क्षेत्रमा पाकिस्तानले गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले नेपाली विद्यार्थीहरुलाई नेपालका प्रख्यात शैक्षिक संस्थाहरुमा गुणस्तरीय शिक्षा प्रदान गरेकोमा पाकिस्तान सरकारलाई धन्यवाद समेत दिनुभयो । पाकिस्तानबाट योग्यता हासिल गरेका विद्यार्थीले आफ्नो समृद्ध शैक्षिक अनुभवले नेपालको प्रगतिमा योगदान पु¥याइरहेको उहाँको भनाई थियो ।

नेपालकालागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले भने नेपाल पाकीस्तान सम्बन्ध अझ समधुर हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको शिक्षा क्षेत्रमा पाकीस्तान सरकारले सहयोग गरी रहेको भन्दै आगामी दिनमा थप सहयोग गर्दे वचन दिनुभयो ।

त्यसैगरी स्वतन्त्रताको ७५ औं वर्षको अवसरमा एक भागको रूपमा पाकिस्तानी दूतावासले काठमाडौको एक होटलमा “पाकिस्तान ल्याण्ड अफ एडभेन्चर र नेचर” कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा कूटनीतिक समुदाय, सेवारत तथा अवकाशप्राप्त सरकारी अधिकारी, बुद्धिजीवी, पत्रकार, लेखक, विश्लेषक लगायत समाजका विभिन्न तहका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्य पाकिस्तानी संस्कृतिलाई उजागर गर्नु र विशेषगरी नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ पार्नु थियो ।

सो अवसरमा नेपालकालागि पाकीस्ताका राजदूत सैयद हैदर शाहले नेपाल र पाकिस्तानबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र परम्परागत सम्बन्धबारे प्रकाश पार्नु भएको थियो ।

आइतवार, १२ असार, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !