अमेरिकाका लागि पूर्व राजदूत तथा गैसस महासंघका अध्यक्ष डा. अर्जुन कार्कीले संखुवासभा जलबिद्युतको क्षेत्रमा नेपालको पावर हाउस बन्ने दाबी गर्नु भएको छ । संखुुवासभा–काठमाडौ जर्नालिष्ट एशोसियसनको कार्यालय ज्ञानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दे उहाँले जलस्रोतको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका परियोजना संखुवासभामा भएको बताउनुभयो । सबैको ध्यान संखुवासभाको जलबिद्युतमा केन्द्रीत भएको भन्दै उहाँले जलस्रोतको समुचित बिकासबाट मात्र जिल्लासंगै मुलुक समृद्ध बन्ने बताउनुभयो ।

उहाँले अध्ययनको अन्तिम चरणमा पुगेको संखुवासभाको भोटखोलास्थित अपर अरुण आयोजनामा संखुवासभावासीले चाहे जति र क्षमता भएसम्म सेयर हाल्न पाउनु पर्ने माग पनि गर्नुभयो । यो नेपाल सरकारले र स्वदेशी पूँजीले बनाउनु पर्छ । यसमा अधिकतमा लाभ भोटखोलाबासीले पाउनु पर्छ । यो मैले बिगत २७ बर्षदेखि उठाउँदै आएको कुरा हो । सेयर हाल्न पाउनु पर्छ भन्ने कुरा सामान्य हो, तर, यो संगै संखुवासभाबासीले पाउने भौतिक पूर्वाधार र हक अधिकारका कुरा पनि महत्वपूर्ण रहेको उहाँको भनाई थियो ।

‘मैले भनी सकेको छु, परियोजनाबाट स्थानीय जनताले धुँवा र धुँलो मात्र पाउने हो, भने यो परियोजनाको कुनै अर्थ छैन, त्यसैले भनेको छु यो आयोजनाबाट अधिकतम लाभ आयोजना स्थलबासीले पाउनै पर्छ’ उहाँले भन्नुभयो ‘आयोजना बनेपछि त्यसको लाभ सरकारले लिन्छ । तर, त्यति मात्र हैन, त्यसको केहि प्रतिशत भोटखोलाबासी र संखुवासभाबासीलेसमेत पाउनु पर्छ । संखुवासभा प्रदेश–१ को केन्द्रमा स्थापित हुँदै छ । यो राजधानी बन्न सक्ने अथाह सम्भावना छ । मैले स्थानीय जनताको लगानी चाहेजति हुनु पर्छ , मागेजति हुनु पर्छ भन्दै आएको छु ।’

तर, केहि व्यक्ति अहिले पनि तपाँई अपरण अरुण बिश्व बैंकलाई दिनको लागि लागी रहनु भएको छ र पाँचवटा हेलिकप्टर लिएर विश्व बैकका पदाधिकारीसंग आयोजनास्थल जानु भएको छ भन्ने आरोप लगाउछन नी, भन्ने प्रश्नमा उहाँले नबुझीकन मुर्खहरुले बदनाम गराउन लगाउने आरोपको पछाडी नलाग्ने पनि प्रष्ट पार्नुभयो । म कुनै प्रोजेक्ट एजेन्सीलाई दिने ठाउँमा छैन, हस्ताक्षर गर्ने ठाउँमा छैन, प्रोजेक्ट दिने सरकारको कुनै निकायमा छैन, यो हावादारी कसरी पत्याउन सकीन्छ ? उहाँको प्रश्न थियो । नेपाल सरकारको निमन्त्रणमा आएका बिश्व बैंकका प्रतिनिधिसंग र नेपाल सरकारको निर्णयमा,सहभागितामा आफू आयोजना स्थलको निरिक्षणमा गएको भन्दै पूर्वाग्रही भएर कहि पुग्न नसकीने जिकीर गर्नुभयो ।

‘म भन्दै छु, संखुवासभावासीको इज्जत र प्रतिष्ठा गिर्ने गरी कुनै काम हुने छैन र प्रतिष्ठा बढ्ने काम मात्र म गर्ने छु । मेरो प्रतिबद्धता छ । कुरा पनि त्यहि हो । म अपर अरुणको बिषयमा जनताले बनाउनु पर्छ भन्ने कुरामा सचेत छु । यो आयोजना नेपाल सरकारको अगुवाईमा संखुवासभाली जनताको चाहेजति र क्षमता अनुसारको लगानीमा बन्छ । लाभको दृष्टिकोणले स्थानीय जनताको अगुवाईमा हुनु पर्छ भन्ने पहिलो व्यक्ति म हु’ उहाँको भनाई छ ।

नाना थरिका आरोपले आफूलाई केहि फरक नपर्ने पनि उहाँको प्रष्टोक्ति थियो -‘सबै भन्दा बढी म जिम्मेवार छु । यो स्वदेशी पूँजीमा बन्नु पर्छ । त्यसमा पनि उर्जा मन्त्री पम्फा भुषालले प्रष्ट पारी सक्नु भएको छ की, संखुवासभावासीले क्षमता र चाहेजती सेयर हाल्न सरकारले रोक्दैन । कार्यबिधि नै परिर्वतन गर्न पनि सरकार तयार रहेको सार्वजनिक रुपमा भनि सक्नु भएको छ । यसमा हामी जानु प¥यो नी, हामी कुरा बढी र काम कम गछौ, यसको अन्त्य गरीनु पर्छ’ उहाँले भन्नुभयो ।

गौरवको आयोजना बन्दै गर्दा आफ्ना हक अधिकारका बारेमा अझै गाउँसम्म चेतना पुग्न नसकेको हुदा यसबारे जनतालाई बुझाउन सक्नु पर्ने उहाँको धारणा छ । ‘सबै आयोजनाको आयोजनास्थलको सामाजिक बिकास गर्नु पर्ने दायित्व पनि हुन्छ । त्यसमा अझै हामी पछाडी छौ । यसमा कुनै एउटा दातृ निकायले मात्र रिक्स लिन चाहदैन, यसमा नेपालका बैंक, सञ्चयकोष, नागरिक लागनी कोष, एचआईडिसियल लगायतका संस्था पनि लगानी गर्न तयार छन् । बिश्व बैकले आफूले पनि ५ सय मिलियन लगानी गर्न चाहेको छ । भोलि एडीबी ले चाहना देखाउला, युरोपीयन युनियनले चाहना देखाउलान । तर, अहिले त्यो भई हाल्यो भन्ने हैन । कसैले इच्छा त व्यक्त गर्न पाउँछ नी । कसैले नीजि रुपमा बनाउन पाए पनि हुने थियो भन्ने होला ? त्यो नौलो हैन्’ उहाँले भन्नुभयो ।

उहाँले अरुण तेस्रोमा पनि आफुहरुले जनताका अधिकारका कुरा उठाएको बताउनुहुदै अपर अरुणमा कसले अगुवाई गर्ने हो रु यसलाई चाडै टुंग्याउनु पर्ने बताउनुभयो । ‘मैले पूर्व मन्त्री दिपक खड्काले बोलेको कुरा पढेँ खुशी लाग्यो । म स्वागत गर्छू । म प्रशन्न पनि छु । कसै न कसैले नेतृत्व गर्नु प¥यो नी । धेरै दिनसम्म अन्योलता राख्नु हुँदैन् । सामुहिक रुपमा अगाडि बढौ। । जनतालाई सञ्चार माध्यमबाट सूचना दिनु पर्छ । जिल्ला समन्वय बाट हुन्छ की, कताबाट हुन्छ हामी अगाडी बढ्नै पर्छ । सामाजिक सञ्जालमा लेखेर मात्र र रुमलिएर मात्र केही उपलब्धि हुँदैन् । सेयर हाल्न नसक्नेलाई पनि कसरी मेनेज गर्न सकीन्छ त्यसको खाका बनाउन अब ढीलाई गर्नु हुँदैन् । म चाहन्छु जिल्लामा ठूल–ठुला परियोजना र पूर्वाधार बनुन् । यहि प्रोजेक्टको माध्यमबाट हामीले अन्तर्राष्ट्रिय स्तरका सडक बनाएर बिकासको हब पनि बनाउन सक्छौ’ उहाँले बताउनुभयो

शनिबार, ११ असार, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा