भोटखोलाका नामजा भोटेले एउटै सिजनमा ८ हजार मिटर माथिका ३ वटा हिमालको सफल आरोहण गरेका छन् । उनी एउटै सिजनमा तीनवटा हिमालको आरोहण गर्ने पहिलो आरोही भोटे भएकाछन् ।

संखुवासभाको भोटखोला गाउँपालिका–३ हुङ्गुङका २८ बर्षिय भोटेले २०२२ को बषन्त ऋतुमा एकै पटक तीनवटा हिमालको सफल अरोहण गरेर कीर्तिममान कायम गरेका हुन् । उनलेलोहोत्से, मकालु र कञ्चनजंघा हिमालको एकै सिजनमा सफल आरोहण गरेर कीर्तिमान कायम गरेका हुन् । उन्ले ८ हजार माथिका सबै हिमालको सफल आरोहण पनि गरी सकेका छन् ।

पछिल्लो समय आरोहणको क्षेत्रमा भोटे समूदायबाट धेरै व्यक्तिहरुले हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेकाछन् । आरोहणको क्षेत्रबाट नेपाललाई बिश्वमा चिनाउने उद्धेश्य उनीहरुको भए पनि राज्यले नहेरेको उनीहरुको गुनासो छ । हामीले नेपालको पर्वतीय पर्यटन र हिमाल आरोहणबारे बिश्वको ध्यान नेपालमा केन्द्रीत गर्ने काम गरेका छौ तर, राज्यले भने भोटे समूदायलाई सौतेनी व्यवहार गरेको उन्को आरोप छ ।

भोटे समूदायभित्र पनि भोटे समूदायको उत्थानकालागि बिभिन्न संघ संस्था भए पनि रुमलिई रहको अवस्थामा भएको उन्को भनाई छ । हामी भोटे भएर बिश्वमा चिनिन चाहन्छौ । हाम्रो यहि पहिचानले गर्दा हामी बिश्व सामु चिनिएका पनि छौ र भोटेको पहिचान मेट्न आफूहरुले नदिने उन्को धारणा छ । पहिचान मेटीए भोटे समूदायको अस्तित्व मेटीने उन्को बुझाई छ ।

उन्ले नेपालमा रहेका हिमाल अरोही भोटे समूदायको तथ्याङ्क संकलन गरेर अगाडी बढ्ने पनि बताएकाछन् । आरोही भोटे अहिले नर्वेमा पर्वतीय गाईडको रुपमा मार्गदर्शन गरी रहेकाछन् ।

शुक्रबार, १० असार, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे