अपर अरुण आयोजनामा आफ्नै देशको लगानी हुनु पर्दछ । स्वदेशी पुँजीबाट मात्र समृद्ध मुलुक निर्माणको यात्रा तय हुन्छ । १०६१ मेगावाटको यो अपर अरुण आयोजना सबै दृष्टिकोणले सस्तो र राम्रो आयोजना पनि हो । बुढी गण्डकी पछि दोस्रो ठूलो आयोजना हो यो । व्यक्तिले लगानी गर्ने बातावरण बन्यो भने मात्र व्यक्तिमा समृद्धि आउँछ । यो आयोजना बनाउँदा हामीले बिगतका गल्तीबाट पाठ सिक्नु पर्दछ ।

अरुण तेस्रो, अरुण चौथो आयोजना अरुको पोल्टामा परि सकेको अवस्थामा यो आयोजनामा हामीले बिदेशी पूँजीलाई निरुत्साहित गर्नुपर्छ । सकेसम्म स्थानीय स्तरमा बढी भन्दा बढी फाईदा हुने मोडालिटीमा यो आयोजना बन्नु पर्छ । स्थानीयलाई अरु सरह सेयरमा लगानी गर्ने मोडालिटी के हुन सक्छ त्यसमा हामी निश्कर्षमा पुग्नु पर्दछ । सबै भन्दा पहिले उर्जामा लागानी जुटाउने जिम्मेवारी पाएको आधिकारीक संस्था एचआईडिसीएलले लगानी गर्ने बातावरण सृजना गर्नु पर्दछ । बैंकहरु र अन्य बिभिन्न संघ, संस्थासंग समन्वय गरी कति लगानी गर्न सकीन्छ त्यसमा एचआईडिसियलले प्रष्ट पार्नु पर्दछ । यसको जिम्मा उर्जामन्त्री पम्फा भुषाल र अर्थमन्त्री जर्नान शर्माले एचआईडिसिएलका प्रमुख अर्जुन गौतमलाई दिई सक्नु भएको छ । त्यसबाट लगानीको यथार्थ जानकारी आउनु पर्दछ ।

अर्को कुरा डा.बलबहादुर पराजुलीको संयोजकत्वमा बनेको समितिले संखुवासभावासीले कति लगानी गर्न सक्छन भन्ने कुराको यथार्थ बाहिर आउनु प¥यो । उर्जा मन्त्री भुषालले संखुवासभावासीले सक्दो सेयर हाल्न पाउने भनेर प्रष्ट पारी सक्नु भएको छ । त्यसकालागि कार्यबिधिसमेत संसोधनको कुरासमेत मन्त्रिले भनेको अवस्थामा हामीले घरधुरीको हिसाबमा हामी यति सक्छौ भनेर हाम्रो कुरा राख्नु प¥यो । बिश्व बैंक, एडिबी, ऋण दिन तयार छन् । तर उनीहरुको अनेकन सर्त हुने गर्दछन् । ति सर्तले गर्दा यसको निर्माण थालनी भए पनि उनीहरुको सर्त र इच्छा अनुसार अगाडी बढ्नकोलागि धरै सम्झौता गर्नु पर्दछ । जसले गर्दा आयोजना सम्पन्न हुन धरै बर्ष लाग्न सक्छ ।

बिश्व बैंकले ऋण लगानी गरेका धेरै आयोजना पुरा नभएको यर्थाथता हामी सामु छन् । सानो सानो कुरामा धेरै झन्झट व्यहो¥नु पर्ने बाध्यताले गर्दा आयोजना बिचमै कचल्टीने हुन्छ । अनेक समस्या ते¥स्याउछन् । एउटै उदाहरण ढल्केबर–हेटौडा लाईन अहिलेसम्म पनि लथालिङ छ । प्रोजेक्ट महँगो बनाउँदै लैजाने रणनीति हुन्छ । त्यसैले बिदेशी ऋणको भारी बोक्ने चाहना पनि नगरौ । स्वदेशी पुँजीले नै सम्भव छ । आन्तरिक बैंकबाट ऋण लिएर र आन्तरिक ऋण प्रवाहबाट यो आयोजना बनाउन सकीन्छ ।
तत्कालिन अर्थमन्त्री बर्षमान पुन हुदा नै म आफूले यो आयोजनालाई जिल्लाबासीको हितमा निर्माण होस भनेर निर्णय गराउन खोजेको हुँ । यो संगै किम्माथांका अरुण पनि संगै छ । जनताको जलबिद्युत कार्यबिधि अनुसार यो आयोजना बन्नु पर्दछ । यसमा ५१ र ४९ प्रतिशतको आधारमा बन्नु पर्दछ । यसलाई पिपुल्स हाईड्रोको मोडालिटी र अन्य मोडालिटी अनुसार बनाउन सकीन्छ । डोनरको स्वार्थ हुन्छ त्यसैले हामी यसमा फस्ने हैन, बिदेशी डोनरबाट छलिनु पदर्छ ।

एक खर्ब ६० अर्बको प्रोजेक्ट २ खर्ब पुगि सक्यो । सञ्चयकोष लगानी गर्न तयार छ । एचआईडिसिएल लगानी गर्न तयार छ । नागरिक लगानी कोष लागनी गर्न तयार छ । हामी सबै जिल्लाबासी र बिभिन्न देशमा बसेका संखुवासभावासी लगानी गर्न तयार छन् । उद्योगबाणीज्य संघ, हाईड्रोबिद्हरु लगानी गर्न तयार रहेको अवस्थमा हामीले बिदेशी ऋण लिने की नलिने सोच्नु पर्दछ । यति हुँदा सकीएन भने प्रदेश एकमा जाने हो । त्यसपछि देशभरकालागि सेयर खुलाउने हो ।

त्यसैले गम्भिर रुपमा सोचेर अगाडी बढ्नु पर्दछ । आफैले बनाउन सक्यो भने यसलाई टुरीजम हबको रुपमा पनि बिकसित गर्न सकीन्छ । कस्तो बनाउने हाम्रो निर्णय भयो भने हामीले त्यसलाई स्थानीयको इच्छा अनुसार बनाउन सकछौ । त्यस ठाउँमा बिकृति बिसंगति क मगर्न सक्छौ । आफ्नो आयोजना हेर्न र घुम्न अरुको अनुमति लिन नपर्ने हुन्छ । तमाम कुरा छन् यसमा । त्यो राजनीतिक नेतृत्वले बुझाउन सक्नु पर्दछ । प्रत्येक व्यक्तिले लगानी गर्ने वातावरण बन्यो भने व्यक्ति दिर्घकालीन रुपमा समृद्ध र धनि बन्छ । प्रत्येक संखुवासभावासी धनि बन्छन् । जिल्ला समृद्ध बन्छ । उनीहरुले चाहेजति लगानी गर्ने बतावरण बनाउनु नै उपयुक्त हुन्छ ।

शुक्रबार, १० असार, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !