स्नातकोत्तर तह (म्याट्स)का विद्यार्थीले हिमाल आरोहण गरि उच्च स्थानमा अध्ययन, अनुसन्धान सम्बन्धि रेकर्ड कायम गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल माउन्टेन एकेडेमीमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायको सम्बन्धनमा सञ्चालित मास्टर्स अफ एडभेञ्चर टुरिजम स्टडिज (म्याट्स) को पहिलो व्याचका विद्यार्थीहरूले तेस्रो सेमेस्टरमा समावेश ६ हजार मिटरको हिमालको एकेडेमिक फिल्ड रिसर्च अन्तर्गत मनाङ जिल्लामा रहेको चुलु हिमाल (६०३९ मी.) को २०७९ असार ७ गते १६ जना विद्यार्थी, प्रशिक्षक, एकेडेमिक सुपरभाइजर सहित २१ जनाले एकैसाथ सफल आरोहण गरि किर्तिमान कायम गरेका छन् ।

विश्वविद्यालयबाट स्वीकृत पाठ्यक्रममा नै समावेश भई म्याट्सका विद्यार्थीहरू हिमाल आरोहण सहितको फिल्ड रिसर्चका लागि गत जेठ २९ गते यस तर्फ प्रस्थान गरेका थिए । यस आरोहण समूहमा २३ जना विद्यार्थी, एकेडेमीका निर्देशक उत्तमबाबु भट्टराई, प्रमुख प्रशिक्षक माउन्टेन गाइड छिरिङ जाङबु शेर्पा, प्रशिक्षक माउन्टेन गाइड आशिष गुरूङ, एकेडेमिक सुपरभाइजर एवम् एक्पिडिसन डाक्टर वेरोज्ड मोगादशी हुनुहुन्छ। क्लाइम्बिङ गाइडहरूमा फुर्वा ग्याल्जाङ शेर्पा, साङ्गे शेर्पा, हेड कुक शान्ती बहादुर गुरूङ, सहायक कुक निमा साङ्गे शेर्पा, लाक्पा तेन्जी शेर्पा र लाक्पा सोनाम शेर्पा हुनुहुन्छ ।

क्लाइम्बिङ गाइडहरूले असार ६ गते हिमालमा बाटो खोली फिक्स रोप लगाएका थिए । असार ७ गते मंगलबार विहान १ वजे वेसक्याम्प ४८०० मि. बाट अन्तिम आरोहण (समिट पुस) सुरु भएको थियो । माउन्टेन गाइडहरू छिरिङ जाङबु शेर्पा र आशिष गुरूङले विद्यार्थीको समूहलाई नेतृत्व गर्दै चुचुरो तर्फ लग्नुभएको थियोे ।

आरोहणका क्रममा प्रशिक्षकहरूले हिमाल आरोहण सम्बन्धि कला, सामाग्रीको प्रयोग, हिउँ सम्बन्धि जानकारी, फिक्स रोपको प्रयोग र टाँङने तरिका, हिउँ पहिरो, हिमालमा देखिने कृभास र यसबाट वच्ने तरिकाको जानकारी दिदै चुलु हिमाल आरोहण गराई फिल्ड अव्जरवेशन गराउनुभएको थियो । आरोहणका क्रममा विद्यार्थीहरूले तथ्यांक संकलन गरेका थिए ।

विश्वमै पहिलो पटक हिमाल आरोहण सहितको फिल्ड रिसर्चको एक्पिडिसन मेनेजमेन्ट अल्पाइन शेर्पा गाइड ट्रेक्स एण्ड एक्पिडिसनले गरेको छ ।

विद्यार्थी सहितको आरोहण टिम यही असार १२ गते काठमाडौं आइपुग्ने एक्पिडिसन कम्पनीले जनाएको छ ।

हिमाल पारिका जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङ जिल्लामा कम वर्षा हुने हुँदा मनसुनको समयमा समेत हिमाल आरोहण सहितको पर्यटकीय गतिविधि गर्न सकिने यो एकेडेमिक आरोहणको सफलतावाट पुष्टि भएको छ ।

बुधबार, ८ असार, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !