Trending
नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री दिपक खड्काले अपर अरुण आयोजनामा लगानी नजुट्ने भन्ने प्रश्न नरहेको प्रष्ट पार्नु भएको छ । संखुवासभा काठमाडौ पत्रकार समाजको कार्यालय ज्ञानेश्वरमा पत्रकारसंग कुरा गर्दे उहाँले लगानी जुटाउने जिम्मा आफूले लिन सक्ने पनि बताउनुभयो । लगानी जुट्दैन भनेर पन्छिनेहरुलाई आफूहरुले लगानी जुटाउने ग्यारेण्टी गर्ने बताउनुभयो ।
यो आयोजना संखुवासभाबासीको साझा र सिंगो मुुलुकको गौरवको आयोजना भएकाले लगानी नजुट्ने भन्ने प्रश्न नरहेको बताउनुभयो । हाईड्रोबिज्ञसमेत रहनुभएका पूर्व राज्यमन्त्री खड्काले लगानी जुट्दैन भन्ने नाममा आयोजना बनाउन बिदेशीलाई दिन नसकीने बताउनुभएको हो । यो आयोजना स्वदेशी लगानीमा बनाउने भन्नेमा आफू प्रष्ट छु । यसको पहिलो हकदार आयोजनास्थ अर्थात भोटखोलाबासी र संखुवासभाबासी भएको बताउनुभयो । खड्काले यो आयोजनालाई भोजपुरबासी, संखुवासभाबासी र सिंगो प्रदेश–१ को गौरवको आयोजनाको रुपमा अभियानको रुपमा अगाडी बढाउन सकीने बताउनुभयो ।
हामी सबै नेपाली मिलेर बनाउने हो । मैले भनेको छु संखुवासभाको ४० हजार घरधुरीले २० लाख रुपैयासम्म शेयर हाल्न पाउने व्यवस्था हुनु पर्छ । त्यसैगरी भोजपुरका झण्डै ६० हजार घरधुरीले पनि २० लाख रुपैया सम्म शेयर हाल्न पाउने व्यवस्था गरीनु पर्छ । प्रत्येक घर धुरीले शेयर हाल्न पाउनुपर्छ । झण्डै १ लाख घरधुरीले शेयर हालेपछि यो नबन्ने भन्ने अर्थात लगानी नजुट्ने भन्ने हुदैन् । बिहान बेलुकीको छाक टार्न समस्या हुनेकोसमेत शेयरमा ग्यारेण्टी गरीनु पर्छ । त्यो सहुलीयत दरमा ऋण उपलब्ध गर्नुपर्छ । सरकारले गर्ने फजूल खर्च मात्र पनि जनतालाई ऋण प्रवाह गर्न सक्यो भने यो बन्छ, सम्भव छ । त्यसको ग्यारेण्टी आफू गर्न तयार रहेको उहाँको भनाई छ ।
खड्काले पैसा हुनेले धेरै लगानी पनि गर्न सक्छन । यसमा पैसा जुटाउने जिम्मा यसैसंग सम्बन्धित बिज्ञहरुले लिने उहाँको तर्क थियो । यो प्रोेजेक्टको ग्यारेण्टी बस्न तयार छु । र सबै तयार रहनु पर्छ । तर, अभियान जनस्तरमा र प्रचार प्रसारमा लैजान अझै आवश्यक छ । तयारी अझै पुगेको छैन् । कमसेकम सबैले सुन्नु प¥यो । बुझ्नु प¥यो । कसरी सम्भव छ ? हामी दुईचार जना बसेर त हुदैन । सबैलाई बुझाउन सक्नु पर्छ र सबैको कानकानमा पुग्नु पर्छ । जनतामाझ यो पुग्नु प¥यो । अपर अरुणमा शेयर हाल्न सक्ने स्थिति सृजना गर्नुपर्छ । यो आयोजना बनेपछि सामान्य परिवारका व्यक्तिलाई खानकैलागि तड्पनु पर्ने अवश्था हुदैन् ।
यसले जिल्लाको मात्र हैन देशकै समृद्धि ल्याउन सम्भव छ । २ खर्ब रुपैया भन्दा कसरी जुट्छ भन्नेमा मान्छेलाई अत्यास लाग्न सक्छ ? तर, हामी सक्छौ । अत्यास लिनु पर्देन । अब कुन मोडालिटीमा बनाउने भन्ने प्रमुख कुरा हो । यसमा सबै राजनीतिक नेतृत्व, बिज्ञसमूह, सरोकारवालासबैको साझा धारणा आवश्यक छ । नपुगेको पैसा हामी जुटाउछौ, यो मेरो मिसन हो । उहाँको भनाई थियो । सामाजिक काममासेमत सकृय उहाँले हामी संखुवासभावासी भएकोमा गौरव गर्नु पर्ने पनि बताउनुभयो ।
कुनै दिन संखुवासभाको नागरिकता पाए भने ठूलै नागरिक हुन्थे की ? भन्ने दिन पनि आउन सक्ने तर्फ संकेत गर्दे जिल्लालाई समृद्ध बनाउनकोलागि जलस्रोतको प्रशस्त सम्भावना रहेको बताउनुभयो । निम्न आयस्रोत भएको समूदाय, व्यक्तिलाई बिकासको मुलधारमा ल्याउनु पर्ने उहाँको भनाई छ । १० प्रतिशत व्यक्ति सम्पन्न भएर जिल्ला सम्पन्न हुदैन त्यसैले बिकासमा सबैको समान पहुँच हुनु पर्ने उहाँको धारणा छ । यो अभियान जसले सुरु गरे पनि सबैको साझा अभियान हो । जसले गरे पनि हुने र यसमा सबैको समान धारणा बनाउनकोलागि बृहत छलफल आवश्यक छ । यो सकीन्छ र प्रमाणित गरेर देखाउनु पनि पर्छ ।
यो अभियानमा सामेल हौ, कुन मोडालिटीमा बनाउने हो । अरुले नेतृत्व नगर्ने हो भने म गर्न तयार छु । तर, स्वदेशी लगानीमा बनाउनुपर्छ । म बिश्वास दिलाएर अगाडी बढ्न सक्छु । त्यसैले अपर अरुण आयोजनामा कुनै दुुबिधा नपालौ र भ्रम पनि नछरौ । संखुवासभामा कति पैसा उठ्न सक्छ ? अझ अपर अरुण त सस्तो, कमक्षति हुने राम्रो आयोजना हो । सरकार ग्यारेण्टी बस्छ भने हामी पैसा खोज्छौ । यसमा व्यक्तिले क्रेडिट लिने होडबाजि भन्दा पनि सबैले क्रेडिट लिनु पर्छ । अर्थात समूहिक रुपमा अगाडि बढ्नुपर्छ । यस बिषयमा बिभिन्न निकायसंग परामर्श भई रहेको छ ।
उहाँले सरकारसंग पनि यस आयोजनाको बिषयमा आफूले कुरा राखिसकेको जानकारी दिनुभयो । त्यसैले यसका बिषयमा अझै पनि सञ्चारजगतबाट प्रभावकारी भूमिका निर्वाह गरीनु पर्छ । यस अभियानलाई देश व्यापी बनाउन मिडिया मार्फत जान सकीन्छ । सडक यसको पहिलो प्राथमिकता हो । यसले पर्यट प्रर्वद्धनमा पनि सहयोग गर्छ । त्यसैले सकरात्मक रुपमा अगाडी बढौ ।