संखुवासभा कम्युनिटी अफ अमेरिकाकी अध्यक्ष शान्ति श्रेष्ठले समाजिक कामबाट मात्र समाज रुपान्तरण हुने बताउनुभएको छ । संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसिएशन (एसकाज) को काठमाडौस्थित ज्ञानेश्वर कार्यालयमा भएको भेटमा सामाजिक कामबाट व्यक्ति खुसी हुन सक्ने र यसले समाज बदलल्न सक्ने बताउनुभएको हो ।

अमेरिकामा बसे पनि आफूले नेपाल र संखुवासभा जिल्लाको दुर्गम क्षेत्रहरुमा सामाजिक काममा सरीक हुने अवसर पाएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले आगामी दिनमा नेपालमा रहेको सामाजिक संस्था संखुवासभा–काठमाडौ जर्नालिस्ट एशोसिएशनसंग सहकार्य गर्दे दुबै संस्थाबीच भगिनी सम्बन्ध स्थापना गरीएको पनि बताउनुभयो । उहाँले संस्थागत रुपमै दुबै संस्थाले एकसाथ काम गरेर जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

अझै पनि नेपालमा स्वास्थ्य र शिक्षाको पहुँच दुर्गम क्षेत्रसम्म नपुगेको र बालबालिका पढ्न बाट बञ्चित रहेको भन्दै आफूले त्यस क्षेत्रमा काम गर्न चाहेको पनि बताउनुभयो । Sankhuwasabha community of America र Sankhuwasava–Kathmandu journalist Association (SKAJ)बीच समन्वय गर्दे अगाडी बढ्ने उहाँको भनाई थियो ।

नेपालको सामाजिक काममा Sankhuwasava–Kathmandu journalist Association मार्फत दुबै संस्था मिलेर अगाडी बढ्ने अध्यक्ष शान्ति श्रेष्ठको भनाई छ । नेपालका दुर्गक क्षेत्रमा हुने स्वास्थ्य शिबिर र आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई उज्यालो तर्फ डो¥याउने उहाँको चाहना छ ।

त्यस्तै कार्यक्रममा समाजसेवी श्याम श्रेष्ठले पनि नेपालमा हुने जुनसुकै सामाजिक काममासमेत सरिक हुने बताउनुभयो । अध्यक्ष श्रेष्ठ केहिदिनको नेपाल बसाई पछि अमेरिका फर्कनु भएको छ । नेपालमा रहदा बिभिन्न सामाजिक काममासमेत सरीक हुनु भएको थियो ।

बुधबार, १ असार, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा