संखुवासभाको भोटखोलाका एक बालकलाई उपचारको अभाव भएपछि काठमाडौस्थित नेपाल भोटे महिला संघले आर्थिक सहयोग गरेको छ ।

अस्पतालमा उपचाररत ५ बर्षिय बालकको आर्थिक अभावका कारण उपचार हुन नसक्ने र फिर्ता लानु पर्ने स्थिति थियो । तर, नेपाल भोटे महिला संघ र त्यसकी अध्यक्ष ल्हाक्पा छेजिक भोटेले आर्थिक अभावका कारण बालकलाई उपचारबाट बञ्चित गर्नु हुदैन भन्दै तत्कालै १७ हजार ६ सय १० रुपैया संकलन गरी बिरामीका बुबा नाम्जा भोटेलाई अस्ताल पुगेर हस्तान्तरण गर्नुभयो ।

बालक छोराको उपचारमा आर्थिक समस्या झेल्दै आएका बुबा नाम्जा भोटेले तत्कालका लागि उपचार नरोकीएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले सहयोगि मनहरुलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

संखुवासभाको दुर्गम भोटखोला गाउपालिका–४ स्याक्सीलाका बालक पासाङ भोटेको शरिरमा तातापानीले पिल्सिएका कारण उन्को काठमाडौस्थित कान्ति बाल अस्पतालमा उपचार भई रहेको छ । नेपाल भोटे महिला संघले यस अघि पनि दुर्गम क्षेत्र र आर्थिक अभावमा परेका असहायको उपचारको लागि सहयोग गर्दे आएको छ । कोरोनाको समयमा समेत भोटे महिला संघले आर्थिक सहयोगसहित स्वास्थ्य सामाग्री बितरण गर्दे समाजमा चेतनामुलक काम गर्दे आएको छ ।

संघकी अध्यक्ष ल्हाक्पा छेजिक भोटेले संघले जिल्लाबासीलाई मात्र नभई अप्ठ्यारो परिस्थितिमा रहेका समूदायलाई सहयोग गर्दे आएको बाताउनुभयो ।

 

 

मङ्लबार, ३१ जेष्ठ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे