संखुवासभाको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले गाउँपालिकाले शिक्षा, कृषि स्वास्थ्य,पर्यटन र जलस्रोत क्षेत्रलाई पहिलो प्राथमिकता दिने बताउनुभयो । संखुवासभा–काठमाडौ जर्नालिस्ट एशोसियसनको केन्द्रीय कार्यालय काठमाडौमा सञ्चारकर्मीसंग कुरा गर्दे उहाँले भोटखोला क्षेत्र शिक्षा र सञ्चारमा पछाडी परेका कारण पहिलो प्राथमिकता हुने बताउनुभयो ।

उहाँले त्यस क्षेत्रका बालबालिका सदरमुकामलगायत सुविधायुक्त ठाउँमा जाने क्रम बढेको भन्दै आफूले त्यहि सुबिधा दिएर बालबालिका पढाउने बताउनुभयो । उहाँले कानुन र पाँच बर्षे कार्यबिधि बनाउनको लागि समय खर्चीने पनि बताउनुभयो । अध्यक्ष भोटेले भोटखोला गाउँपालिकामा तलबमा मात्र ९२ लाख रुपैया खर्च हुने भन्दै बिकासमा आएको बजेट बिकास निर्माणमा लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भोटखोला क्षेत्रमा बित्तिय स्रोत जुटाउनकोलागि हटीयास्थित साल्दीमभ्याल्लीमा अन्तराष्ट्रिय सम्मेलन गर्ने लक्ष्य रहेको खुलासा गर्नुभयो ।

मान्छेको पाईला नपरेको स्थान प्रकृतिको राजधानीको रुपमा रहेको भर्जिन क्षेत्रमा गरीएको अन्तराष्ट्रिय सम्मेलनले त्यस क्षेत्रको कायापलट गर्ने योजना भोटेको छ । त्यसकालागि आफूले लगानीको स्रोत खोज्ने पनि बताउनुभयो । तत्कालिन राजा बिरेन्द्र साल्दिम भ्याल्लीमा पुगरे मनोरञ्जन लिने गरेको भन्दै सुन्दरताको र जैबिक बिबिधताको खानीको रुपमा रहेको त्यस क्षेत्रको पर्यटन प्रर्वद्धन गरीने पनि बताउनुभयो । कृषि क्षेत्रको लागि हाईब्रीड रैथाने बालिलाई प्राथमिकता दिने उहाँको योजना छ । तरकारी नगदेबाली गाउँमै उत्पादन गर्ने र स्थानीय तहमा बजारको व्यवस्था गरीने उहाँको भनाई छ ।

अपर अरुण, किम्माथांका अरुणलागयतका कार्यक्रममा आउने कर्मचारी र बाहिरबाट आउने पर्यटकलाई यहिको तरकारी सागसब्जी किन्नु पर्ने व्यवस्था गरीने उहाँको भनाई थियो । आफू गाउँपालिका अध्यक्ष भएपछि आफूले पहिलेदेखि उठाउदै आएको उत्तरी क्षेत्रमा निषेधित जुन कुरा छ त्यसलाई हटाउन पहल गर्ने पनि बताउनुभयो । भोटेहरु पर्यटनसंग सम्बन्धित भएकाले त्यसक्षेत्रमा पर्यटक जान नपाउने र पर्यटकलाई निषेध गरीने व्यवस्था हटाउन पहल गरी पर्यटक आउने वातावरण बनाउने उहाँको योजना छ ।

पर्यटकीय सम्भावना भएको क्षेत्र भएकाले पर्यटकीय हवको रुपका बिकास गरीने उहाँको भनाई छ । उत्तरी क्षेत्रमा हेलिकोप्टर निषेध गरीएका कारण सुत्केरी र बिरामीको अवस्था दयनीय हुने गरेको र मृत्यु हुने गरेको भन्दै त्यस्तो प्रावधान हटाउन पहल गरीने पनि बताउनुभयो । सरकारले संखुवासभाको भोटखोलाको उत्तरीक्षेत्रको सिमामात्र किन निषेध गरेको भन्दै त्यसलाई खोल्न पहल गरीेने उहाँको भनाई थियो ।

शुक्रबार, २७ जेष्ठ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे