हिमाल आरोहि तथा अभियान्ता पिके शेर्पाले जलवायु परिर्वतनको असर न्यूनिकरणको क्षेत्रमा काम गर्न ढीलाई भई सकेको बताउनु भएको छ । संखुवासभा–काठमाडौ जर्नालिस्ट एशोसिएशनको कार्यालय ज्ञानेश्वरमा एक कार्यक्रमकाबीच शेर्पाले जलवायू परिर्वतनको असर तिव्र रुपमा बढ्न थालेकाले यसको न्यूनिकरणको कामलाई अगाडी बढाउन ढीलाई गर्न नहुने बताउनुभएको हो ।

सरकारले र हामी व्यक्ति व्यक्ति स्वंयलेसमेत यस अभियानलाई प्रभावकारी रुपमा अगाडी नसार्ने हो भने पछुताउनु पर्ने समय पनि धेरै टाढाँ नरहेको चुनौति दिनुभयो । आफूहरु बाबुछोरा अर्थात Father And Son ले यस अभियानलाई सार्थक बनाउन र यस मुद्धालाई बिश्वमाझ पु¥याउन हिमाल आरोहण अभियान थालेको पनि बताउनुभयो । ‘मैले र छोरा सोनमले संगसंगै हिमाल आरोहण गरयौ, यहि प्रकृतिको जगेर्ना गर्ने अभियानमार्फत सगरमाथाको सफल आरोहण गरेका हौ’ उहाँले बताउनुभयो ।

बिश्व वातावरण दिवसकै अवसरमा बाबुछोराले संयुक्त रुपमा प्रकृति जोगाऔं बिश्व तापमान घटाऔं भन्ने चिनो अंकीत बिरुवा समेत बितरण गर्नुभएको छ । अहिले जलबायु परिर्वतनको असर बिश्व सामु परी रहेको छ र सचेत नहुने हो भने ठूलै चुनौतिको रुपमा देखा पर्ने उहाँको आंकलन छ ।

अति बृष्टि, अना बृष्टि, बैमौसी मौसम प्रकृतिमाथिको दोहनले निम्तिने खतरा हुन् । नेपालमा पनि यसको असरका कारण मानव जीवन मासीदै गएको छ । बेमौसमी बाढी पहिरोको असर हामीले भोगि सकेका छौ । त्यसैले सकेसम्म हामीले प्रकृति बिनाश हुनबाट जोगाउन बृक्षा रोपणलाई पहिलो प्राथमिकता दिनै पर्छ । यसलाई चेतनामूलक ढंगबाट प्रभावकारी बनाउन बाबुछोराले संयुक्त रुपमा अभियान थालेको छोरा सोनाम शेर्पाको भनाई छ ।

अहिलेका युवा पुस्तालाई प्रकृतिको महत्वको बारेमा जानकार राख्दै कुलतबाट टाढाँ राख्दै प्रकृति प्रेमी बनाउन आवश्यक रहेको उहाँको भनाई थियो । शेर्पा बाबुछोराले यस अभियानलाई निरन्तराका लागि हिमाल सरसफाई, बस्ती, टोल सरसफाई, साँस्कृतिक सम्पदा, मठमन्दिर सरसफाई गर्दे समाजलाई सचेत गराउदै आउनुभएको छ । स्वच्छ बातावरण, हरियाली बातावरण कायम राख्दै सबैलाई जलवायु परिर्वनतको असरबाट बच्न आजैबाट कदम चाल्न पनि बाबुछोराले आहन गर्नु भएको छ ।

सोमवार, २३ जेष्ठ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा