नेपालको हिमाल आरोहण र पर्यटन क्षेत्रको महत्वपूर्ण संस्था नेपाल पर्वतारोहण संघको अध्यक्षमा संखुवासभाका टीकाराम गुरुङले उम्मेदवारी दिने निर्णय गर्नु भएको छ । हिमाल अरोहण र पर्वतिय पर्यटनमा गुरुङको लामो अनुभव र बिज्ञता छ ।

नेपाल पर्वतारोहण संघको कोषाध्यक्ष र सचिवमा रहेर पर्वतारोण संघलाई यहाँसम्म ल्याई पु¥याउन गुरुङले निष्पक्ष र महत्वपूर्ण भूमिका निर्वाह गर्दे आउनुभएको छ । पर्यटन क्षेत्रमा नेपाल पर्वतारोहण संघको आफ्नै भूमिका छ । नेपाल पर्वतारोहण संघ (ल्ःब्) को निर्वाचन यहि जेष्ठ २७ र २८ गते हुने भएको छ ।

नेपाल पर्वतारोहण संघको निर्वाचनको लागि उमेदवारी सिफारीस गर्न एमाले सम्बद्ध पर्यटन व्यवसायीले कमिटी समेत गठन गरेको छ । संखुवासभा पर्यटन क्षेत्रको मुख्य गन्तब्यकै रुपमा रहेको छ । मकालु हिमाल र पर्यटन क्षेत्रको प्रशस्त सम्भावना बोकेको जिल्ला भएकाले गुरुङ तल्लो तहबाटै पर्यटन क्षेत्रमा आबद्ध हुनुहुन्छ । गुरुङसंग यस अघि पनि पर्वतारोहण संघमा रहेर काम गरेको अनुभव भएकाले उहाँले पर्वतिय पथ प्रदर्शक र पर्वतिय श्रमिकहरुको हितमा काम गर्न फेरी पनि आफूलाई अध्यक्षमा उभ्याएको बताउनुभयो ।

आफ्ना एजेण्डा कार्यान्वयन गर्नकोलागि कार्यकारी तहको भूमिका महत्वपूर्ण हुने भएकाले एक पटक आफूले इच्छा देखाएको बताउनुभयो । सम्पूर्ण हिमाल आरोही, श्रमिक र यस क्षेत्रमा आबद्ध सबैले उठाएका बिषय बस्तुलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

नेपाल पर्वतारोहण संघलाई अहिलेको राजनीतिबाट मुक्त गर्ने उहाँको चाहना छ । गुरुङले अध्यक्षसहितको जागरुक युवा पर्यटन व्यवसायीहरुको टीम चाडै घोषणा गर्ने पनि बताउनुभयो ।

शनिबार, २१ जेष्ठ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा