संखुवासभाको खाँदबारी नगरपालिकाले महेश थपलिया मेयर पाएको छ । मनका धनि अर्थात मनकारी महेशको राजनीतिक योगदान पनि लामो नै छ । सिंगो देशकै चित्र कोर्ने हो भने पनि उन्को राजनीतिक फन्को निकै लामो नै हुन्छ ।त्यसमा पनि संखुवासभाको हकमा उन्को नेपाली कांग्रेस भित्रको राजनीति उतारचढाव अर्थात बाङ्गो टिंगो र कलमले साँच्चै कोर्ने हो भने अनगिन्ति राजनीतिक धर्सा र रेखाहरु कोरीएका छन् । जुन धर्साहरु सधै बाङ्गाटिंगामात्र कोरी रहे । तर, मेटीन दिएनन् । अर्थात राजनीतिका अनेकन बाङ्गाटिंगा र घुमाउरा धर्सा कोरीए पनि उन्ले सिधा धर्सा कोर्ने प्रयास भने छाडेनन ।

सम्भवत त्यही निरन्तरको प्रयास फलस्वरुप आज उन्ले राजनीतिको सिधा धर्सा कोर्न सफल भएकाछन् । घुमाउरो राजनीतिमा घुम्दा घुम्दा र रुमलिदा रुमलिदा उन्ले बल्ल तल्ल मनको सपना पुरा गरेकाछन् । राजनीतिक चक्रको निरन्तरतासंगै राजनीतिको चक्र चम्कदा थपलियाको चक्र पनि चक्र पनि चम्किएको छ । निकै लामो रस्साकस्सी र अड्कलबाजीबीच थपलियाले खाँदबारी नगरपालिकाको मेयरमा बिजयी हुने सौभाग्य प्राप्त गरेकाछन् । यहि मेयरकालागि पनि उन्ले पाँचबर्ष आफ्नो मनलाई कतै बहलाउन दिएनन् । भनौ पर्खि रहे, लागि रहे । पाँच बर्षको समय निकै लामै समय हो । तर, पनि अहँ झिंजो नमानी महेश मनग्य लागि नै रहे ।

महेश केटाकेटी उमेर हुँदा अरुण नदी, सभाखोलामा निरन्तर बगीरहेको पानी कहाँ पुग्यो होला ? यसो अनुमान गरौ । यतिका बर्ष बित्यो । कहाँ पुग्यो होला कहाँ ? निकै टाढा….. । अनुमान गर्न सकीन्न । तर, अहँ महेश त्यती धेरै टाढा पुग्न सकेनन् । हो त्यति नै लामो निरन्तरतामा पनि अनुमान गरौ, महेश थपलिया भने पानी झै बगि रहे । तर, पनि खाँदबारीमै अडिग रही रहे । बस, यहि खाँदबारीकालागि पर्खि रहे । अर्थात खाँदबारीले महेश थपलियालाई पर्खि रह्यो । त्यो त म भन्न सक्दीन् । बस यति हो, खाँदबारीले महेश थपलिया पाएको छ । मतलब यति लामो राजनीतिमा योगदान गरेका थपलियाले दिएको राजनीतिक निरन्तरता नै आजको परिणाम हो । नत्र, व्यापारि, शिक्षक, वकिल, पत्रकार वा बिदेशतिर पलायनको बाटो पनि हुन सक्थ्यो होला । तर, कुनै भएन । भयो उन्को मनले लिएको अठोट जुन थियो ।

हो, यहि महेशको मनको अठोटलाई पुरा गर्ने उन्लाई चुनौति छ अब । जुन, आशा, भरोसा र बिश्वास उनीमाथि खाँदबारीबासीको छ । लामो राजनीतिक श्रृखलाबाट परिपक्व अर्थात राष्ट्रिय राजनीतिबाट खारिएका कारण पनि उन्का योजनाले साँच्चै मूर्त रुप लिनेछ भन्ने बिश्वास गर्न सकीन्छ । कलिला सपना, पलाउदै गरेका सपना, टुसाउँदै गरेको सपना महेशको हैन् । उन्का सपना निकै बैयश्क, दरीला र गर्बिला छन भन्ने बिश्वास पनि खाँदबारीबासीलाई छ । साँच्चै भन्ने हो भने, मनबाटै जितेका छन महेशले । त्यसैले गर्दा पनि खाँदबारीबासीको मनलाई भाचिन र टुट्न दिने अधिकार छ्रैन उन्लाई । सबैको साझा मनबनेकाले ति मनहरुलाई मल्हमलगाउँदै अगाडी बढ्न सक्नु पर्छ । हुन त महेश मनकारी नै छन । किन भने सबैको मनलाई उन्ले पाँचबर्षमै जित्न सफल भएकाछन् । यसले उन्को राजनीतिक यात्रालाई थप अगाडी बढ्न निकै सजिलो पनि भएको छ । किन भने उन्ले राजनीतिमा एउटा पोखरी बन्न सक्ने पसिना बगाई सकेकाछन् ।

त्यसैले लामो अठोट, त्याग र तपस्याबाट पाएको यो मौका, अवसर खाँदबारीकालागि खेर जानदिनु हुने छैन भन्ने बिश्वास गरौ । यहि पाँच बर्षभित्र संखुवाभाको खाँदबारी नगरपालिका समृद्ध, सभ्य र बिकसित बन्ने छ भन्ने नगरबासीको चाहना छ । यसलाई पुरा गर्दे राजनीतिक यात्रालाई थप उचाईमा पु¥याउने अवसर पनि थपलियालाई मिल्ने छ । हामी त्यहि आशा गरौ । नत्र, भने यति लामो त्याग, तपस्या, अठोट र तपाँईले राजनीतिमा बगाएको पसिनाको फेरि पनि मूल्य हुने छैन । जुन अरु भन्दा कुनै रुपमा फरक छैन भने । त्यसैले लामो कालखण्डदेखि देखेका अनगिन्ति सपना पुरा गर्ने समय आएको छ । जुन अब समयले धेरै पर्खने छैन् र माफ पनि गर्ने छैन् ।

आइतवार, ८ जेष्ठ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !