मकालुले मनका धनि प्रमुख पाएको छ । संखुवासभाको मकालु गाउँपालिकाले मनका धनि भएकै कारण ओङ्दी छिरीङ शेर्पालाई प्रमुख पाएको हो । यस भन्दा अगाडि पनि वडाध्यक्ष भएर सबैको मन–मनमा बस्ने काम गरेका शेर्पाले यस पटक भने वडाको हैन, सिंगो मकालु गाउँपालिका हाक्ने जनमत पाएका छन् ।

जनतासंगै बसेर जनजनको मनमा बस्ने काम गरेका शेर्पाले यसपटक पनि ठूलो जनमतले जनताको सेवा गर्ने अवसर पाएकाछन् । नेपाली कांग्रेसको तर्फबाट शेर्पाले यस भन्दा अगाडीको स्थानीय निर्वाचनमासमेत बिजयी हासिल गरेर जनताको काममा इमान्दारीता देखाएका कारण यसपटक पनि जनताले उन्लाई प्रमुखमा बिजयी बनाएका हुन् ।

हसिलो र सधै चुस्त दुरुस्त र जनताको दुखसुखमा साथ दिदै आएका कारण शेर्पाले यस पटक पनि आफूलाई सफल नेताको रुपमा परिचित गराए । जनप्रतिनिधि भनेको जनताको काम गर्ने प्रतिनिधि अर्थात सेवक भन्ने बुझाई शेर्पामा छ । एकपछि अर्को सफलता हात पार्दे गएका शेर्पाको ओङ्दीको ओज पनि बढ्दै गएको छ ।

मकालु गाउँपलिका नेपाली कांग्रेसका युवा नेता कामाछीरीङ शेर्पाले ओङ्दी जनतामाझ खारिएको व्यक्ति भएको बताउनुभयो । शेर्पाको जितले मकालुका कांग्रेस मात्र हैन, गाउँपालिकाबासी उत्साहित भएको बताउनुभयो । दुर्गम क्षेत्र भएका कारण सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र बिद्युतिकरणलाई प्राथमिकतामा राख्न कामाछिरीङ शेर्पाले सुझाव समेत दिनुभयो ।

असल स्वभाव भएका कारण शेर्पा समूदायबाट युवा राजनीतिमा होमिएका ओङ्दीलाई अब भने सिंगो गाउँपालिकाबासीलाई चित्त बुझाएर अगाडी बढ्ने चुनौति छ । तर, काम गर्दा आउने चुनौतिलाई सहज र हाँसीहाँसी सामधान गर्ने खुबी पनि शेर्पासंग छ । जसकालागि सिंगो पाँच बर्ष बाँकी नै ।

आइतवार, ८ जेष्ठ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा