Trending
नेकपा एमाले देउमाई नगरपालिकाका नगर प्रमुखका उमेदवार सूर्य पोखरेलले नगरलाई समृद्ध बनाउने दिर्घकालिन योजना बुन्नु भएको छ । आफ्ना योजनालाई उहाँले घोषणा पत्र मार्फत सार्वजनिक गर्नु भएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा बिजयी भएर पाँच बर्षको कार्याकाल सकीएसंगै पोखरेलले दास्रो कार्यकालमा नगरलाई थप समृद्ध बनाउने संकल्प गर्नु भएको हो ।
सामाजिक सुरक्षाको दायरामा नगरका सम्पूर्ण नागरिकहरुलाई समावेश गर्ने नीति अनुरुप जेष्ठ नागरिकलाई थप पोशाक सहयोग, मातृ शिशु स्याहार सहयोग, जटिल प्रकृतिका रोग उपचार पहुँच सहयोग, मुटुका भल्व फेरेका र मृगौला प्रत्यारोपण गरेका बिरामीलाई निर्वाह भत्ता, पहेंलो कार्ड प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिलाई भत्ता, तेस्रो लिङ्गी र ४५ वर्ष नाघेका अविवाहित महिलालाई भत्ताको व्यवस्था गर्ने उहाँको प्रतिबद्धता छ ।
विद्यालयहरुमा भौतिक संरचनाको सुधार, शैक्षिक गुणस्तर र प्रविधिको विकास गरी गुणस्तरीय शिक्षा प्रदान गरिने घोषण पत्रमा छ । उज्यालो देउमाई कार्यक्रम अन्तरगत नगरपालिकाको ९० प्रतिशत घर बस्तीहरुमा यस अघि नै विद्युतीकरणको काम सम्पन्न गरिएको छ । घोषणा पत्रमा नगरका प्रशासनिक भवन निर्माण गरी सुविधा सम्पन्न बनाउने देखि लिएर डिजिटल देउमाई जस्ता प्रविधिका कुरा समेत जोडिएको छ ।
देउमाई नगरपालिकामाभएका सात वटै माध्यमिक विद्यालयहरुमा सुविधा सम्पन्न भवन तथा भौतिक संरचनाहरु निर्माण, ईन्टरनेट जडान, कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको निर्माण गरी सञ्चालनमा ल्याइएकोे छ ।भानुभक्त माविमा ईञ्जिनियरिङ्ग, जितपुर माविमा पशु विज्ञान, खान्द्रुङ्ग माविमा विज्ञान विषयलाई प्राविधिक विषयको रुपमा सञ्चालनमा ल्याइएको छ । बार्षिक ९ जना विद्यार्थीहरुलाई नगर प्राविधिक छात्रवृत्ति प्रदान गरिदै आएको छ ।यस पटकको घोषणा पत्रमा पोख्रेलले एक मावि एक प्राविधिक शिक्षा कार्यक्रम अघि सार्नु भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा अत्याधुनिक उपकरण, डिजिटल एक्सरे, भिडियो एक्सरे, एनालाइजर मेशिन लगायतका उपकरणहरु जडान गरी नागरिकलाई सेवा प्रदान गरिएको छ । नगरले मृगौला प्रत्यारोपण तथा मुटुका भल्व फेरेका बिरामीहरुलाई निर्वाह भत्ता वापत मासिक ५ हजार रुपैया उपलब्ध गराउदै आइएको साथै जटिल प्रकृतिका रोग लागेका बिरामीहरुलाई अस्पताल सम्म जानको लागि ५ हजार रुपेया बाटो खर्च स्वरुप उपलब्ध गराउदै आएको छ । नगरमा १५ शैयाको अस्पताल समेत निर्माण भैरहेको छ ।
उज्यालो देउमाई कार्यक्रमलाई पूर्णता दिन २८ सय विद्युतका पोल र त्यसमा लाग्ने तार तथा ट्रान्सफर्मर ब्यवस्था गरी नयाँ विद्युतीकरण तथा काठका पोलहरु विस्थापन गरिएको थियो । नगर भित्र २ वर्षमा काठको पोल रहित शत प्रतिशत घरधुरीमा पूर्ण क्षमताको उच्च भोल्टेज सहितको विद्युत सेवा उपलब्ध गराई उज्यालो देउमाई घोषणा पर्ने पोख्रेलको प्रतिवद्धतामा उल्लेख छ ।
६ सय ६० परिवारको नागरिक आवास कार्यक्रम अन्तरगत घर निर्माण गरिएको देउमाईमा एक वर्ष भित्रमा फुसको छानो रहित नगर घोषणा गरिने । नगरको समुचित बिकासका लागि पहिलो कार्यकालमा वाँकी रहेका अधुरा काम पुरा गर्ने उहाँको प्रतिबद्धतामा छ ।