प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज (बुधबार) सुनुवाई हुँदैछ ।

मन्त्रिपरिषद् बैठले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले यहि वैशाख १९ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । आईजीपी नियुक्ति विरुद्धको रिटमा सुनुवाई हुने गरी सर्वोच्च अदालतले बुधबारका लागि पेशी तोकेको हो ।

आईजीपी नियुक्तिका विषयमा असन्तुष्ट अर्का एआईजी सहकुलबहादुर थापा भने काममा फर्किन सहमत भएका छन । मन्त्रिपरिषद्को निर्णयप्रति असहमति राखेका विश्वराज पोखरेलले ३० दिन लामो बिदा लिएका छन । आईजीपीको प्रतिस्पर्धामा रहेका विश्वराज अन्य प्रतिस्पर्धी भन्दा १६ महिना अघि एआईजीमा बढुवा भएका थिए ।

सहकुल थापा नवनियुक्त आईजीपी सिंहभन्दा ९ महिना अघि एआईजीमा बढुवा भएका हुन । आईजीपी सिंह र रवीन्द्रबहादुर धानुक १ महिनाअघि एआईजीमा बढुवा भएका थिए । आईजीपीका प्रतिस्पर्धीहरू एउटै मितिमा प्रहरीमा भर्ना भएपनि फरक समयमा एआईजीमा बढुवा भएका थिए । विश्वराज पोखरेललाई २०७७ मंसिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेका थिए । सहकुल थापा २०७८ असार २४ मा एआईजीमा बढुवा भएका हुन ।

२०७८ चैत १७ मा धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरिएको थियो ।

बुधबार, २१ बैशाख, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे