नेपाली कांग्रेस संखुवासभाका बौद्धिक नेता महेश थपलिया जिल्लामा मात्र हैन केन्द्रमासमेत लोकप्रिय मानिन्छन् । संखुवासभाको खाँदबारी नगरपालिकाबाट गठबन्धनका तर्फबाट सर्वसम्मत उम्मेदवार भए पछि थपलियाको लोकप्रियता झनै बढ्दै गएको छ । सालिन स्वभावका कारण पनि खाँदबारीबासीबीच उनी लोकप्रिय छन् ।

सामाजिक स्वभावका थपलियाको पार्टीभित्र मात्र हैन, जिल्लाबासीबीच पनि उन्को त्याग र समर्पण छ । त्यसकारण पनि उन्ले यस पटक नगरपालिकाबासीको अत्याधिक मत पाएर जित्ने आंकलन गरीएको छ । बिद्यार्थीजीवन देखि नै राजनीतिमा होमिएका थपलियाका समकालिन साथिहरु पटकौ पटक मन्त्री भई सकेकाछन् । र पनि उन्ले आफूलाई कहिल्यै निराश बनाएनन् । राजनीतिमा त्यागको भावना लिएर लागि रहे । खाँदवारीबासीको चाहनाकै कारण र पार्टीले उन्ले देखाएको त्यागको भावनाको मूल्यांकन गर्दे खाँदबारी नगरपालिकाको मेयरमा उठाएपछि उन्को जित त पक्का भएको छ नै संगै खाँदबारीबासीको पनि जित हुने देखिएको छ ।

खाँदबारी नगरपालिका–८ का थपलिया पढेलेखेको र बौद्धिक नेता त हुन नै जिल्लाको बिकासमा केन्द्रमा पहुँच पु¥याउन सक्ने जिल्लाका नेता हुन् । उन्को उम्मेदवारीले यस पटक खाँदबारीबासीलाई उत्साहित पनि बनाएको छ । सुन्दर नगरपालिकाको स–चित्र योजना बनाएका उन्ले खाँदबारीलाई व्यवस्थित शहर बनाउने योजना बुनेकाछन् । सुशासनसंगै सुन्दर खाँदबारी नगरको परिकल्पना र स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुलीलाई सर्वसुलभ बनाउने उन्को पहिलो योजना छ । पाँचबर्ष भित्रमा खाँदबारी नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउने र पर्यटकीय आकर्षणको केन्द्र बनाउने उन्को योजना पनि छ ।

बन, जंगल, जडिबुटीको संरक्षणसंगै सहुलियतपूर्ण कृषिमुखि कार्यक्रम ल्याउने उन्को सोंच छ । खाँदबारी नगरपालिकालाई हराभरा नगर बनाउने, नगरपालिका भित्रका जैबिक बिबिधताको संरक्षण गर्ने, मठमन्दिर र धार्मिक तिर्थस्थलको संरक्षणमा जोड दिने उनको भनाई छ । उन्ले रोजगारीको सृजना गरी नगरभित्रका युवालाई कृषि, पर्यटन, उद्योग, शिक्षा र बिभिन्न क्षेत्रमा रोजगारी दिन सकीने योजना पनि अघि सारेकाछन् । थपलियाले यस पटक राजीनिति भन्दा माथि उठेर पनि आफूलाई एमाले र अन्य पार्टीसंग आवद्ध युवाहरुलेसमेत सघाउने अपेक्षा राखेकाछन् । समृद्ध शहर खाँदबारी देशकै नमुना नगर उन्को दृष्टिकोणले सफलता पाउने आंकलन गरीएको छ ।

आइतवार, १८ बैशाख, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा