आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसबाट विद्रोही उम्मेदवार बनेकाहरू तथा उनीहरुका प्रस्तावक र समर्थक पार्टीबाट स्वतः पार्टीबाट निष्काशित हुने भएका छन् ।

पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए निर्वाचन आयोगद्वारा तोकिएको मिति र समयभित्र फिर्ता लिइसक्न निर्देशन दिँदै पार्टीले निष्काशनको चेतावनी दिएको हो ।

‘निर्वाचन आयोगले तोकेको समय आज वैशाख १६ गते शुक्रबार बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ,’ कांग्रेस केन्द्रीय कार्यालयले आज शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ ।

शुक्रबार, १६ बैशाख, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे