भरतपुर महानगरपालिका ३ नारायणगढ कमलनगर चोकमा भीषण आगलागी भएको छ । आगलागीबाट करोडौं रुपियाँ बराबरको क्षति भएको पूर्वानुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट कमलनगर चोकमा रहेको तुल्सीराम सापकोटाकोे चार तले घरको भूई तलामा रहेका रहेका सात वटा पसलसहित पहिलो र दोस्रो तलाका पसलहरु समेतमा ठूलो क्षति पुगेको छ ।

बुधबार राती अन्दाजी २ बजे विद्युत सट भई भएको मानिएको उक्त आगलागी भरतपुर महानगरपालिकाका दुई, नेपाली सेनाको एक र पूर्वी चितवनको एक गरि चार वटा बारुणयन्त्रको कठीन प्रयास पछि बिहीबार बिहान ७ बजे मात्र पूर्ण रुपमा नियन्त्रणमा लिइएको हो ।

आगलागी पछि त्यहाँ पुगेको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको ठूलो प्रसासले केही पसलका केही सामानहरु भने झिक्न सफल भएका छन् ।

आगलागीबाट भूईतलामा रहेका दुई कपडा पसल, दुई वटा जुत्ता पसल, दुई मोवाईल पसल र एउटा फेन्सी पसल पूर्ण रुपमा क्षति भएका छन भने पहिलो तलामा रहेका पसलहरु मात्र होइन भवनको पहिलो दोस्रो तला सम्म क्षति पुगेको छ ।

बिहिबार, १५ बैशाख, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा