सरकारले विभिन्न १० प्रकारका सामग्रीको आयातामा पूर्णत रोक लगाएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीको आयातमा रोक लगाउने भएको हो।

मन्त्रालयले कुटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैं पैठारी गर्न पाउने बताएको छ।

यस्तै, बैशाख १३ भन्दा अगाडि बैकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा यो नियम लागू हुनेछैन।

रोक लगाइएका सामग्रीहरू :

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थ बाहेक)

३. चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ बाहेक)

४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)

५. ६०० अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट

६. ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन

७. जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन बाहेक)

८. २५० सिसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौना

१०. खेल्ने तास

बुधबार, १४ बैशाख, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे