sf7df8f}F, !@ j}zfv . g]kfnL sfFu|];sf] tkm{af6 sf7df8f}F dxfgu/kflnsfsf] k|d’vdf pDd]bjf/L lbg /fli6«o ;efu[xdf dgf]gog kq btf{ u/fpFb} g]t[ l;h{gf l;+x . t:jL/ M k|bLk/fh jGt, /f;;

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकामा प्रमुख (मेयर) पदका लागि ५६ र उपप्रमुख (उपमेयर) पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ ।

५६ जना मेयरका उम्मेदवारमध्ये २१ जनाले दलका तर्फबाट र बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मेयरमा उम्मेदवार दिएका मध्ये ८ जना महिला रहेका छन् । उपमेयर पदमा उम्मेदवारी दिने ३१ जनामध्ये १२ जना दलकातर्फबाट र ९ जना स्वतन्त्रतर्फबाट उम्मेदवार बनेका छन् । उपमेयरतर्फ १२ जना महिला रहेका छन् ।

मनोनयन दर्ताको पहिलो दिन मेयर पदका लागि १६ र उपमेयर पदका लागि १७ जनाले उम्मेदवारी दिएका थिए । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाकाअनुसार काठमाडौं महानगरका ३२ वटा वडामध्ये हरेक २ वडाका लागि एउटा मनोनयन डेक्स राखिएको थियो ।

मेयर र उपमेयरका लागि छुट्टाछुट्टै २ वटा डेक्स राखिएका थिए । हरेक डेक्समा इन्टरनेट सुविधासहितका ल्यापटप राखिएका थिए । कार्य क्षेत्र विभाजन गरेर डेक्स राखिएकाले भीड कम भएको निर्वाचन अधिकृत खतिवडाले बताए ।

निर्वाचन आयोगकाअनुसार काठमाडौँ जिल्लाका पालिकाहरुमा जम्मा १ हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । जसमा अध्यक्ष पदका लागि १२५ जनाले, उपाध्यक्ष पदका लागि ५७ जनाले, वडाध्यक्ष पदका लागि ३३४ जनाले, महिला सदस्य पदका लागि १९१ जनाले, दलित महिला सदस्य पदका लागि १२९ जनाले र सदस्य पदका लागि ४२६ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।

मङ्लबार, १३ बैशाख, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !