Trending
काठमाडौं । यस बर्ष ७३ देशका ८३३ जना आरोहीले नेपालका हिमालहरु आरोहणका लागि अनुमति लिएका छन् । हालसम्म २३ वटा हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । अनुमति लिनेहरुको संख्या बढ्दै गइरहेको छ ।
यस्तो अनुमति लिनेमा युद्धरत रुसका २७ र युक्रेनका १ जना आरोही पनि छन् । पर्यटन विभागको तथ्यांकअनुसार रुसबाट २७ जना र युक्रेनबाट १ जना आरोहीले अनुमति लिएका छन् । अनुमति लिनेमध्ये १८१ जना महिला र ६५२ जना पुरुष छन् ।
अनुमति लिएका आरोहीहरुबाट सरकारले ४३ करोड २८ लाख ३९ हजार ३२६ रुपियाँ रोयल्टी संकलन गरेको विभागले जनाएको छ ।
अप्रिल २० सम्मको विवरणअनुसार यस वर्ष सबैभन्दा बढी विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । सगरमाथा आरोहणको लागि हालसम्म ५५ देशका २९२ जना आरोहीले अनुमति लिएको विभागले जानकारी दिएको छ । त्यस्तै, सगरमाथा आरोहणको लागि हालसम्म सबै भन्द अमेरिकी आरोहीले अनुमति लिएका हुन् ।
अमेरिकाबाट ६३, बेलायतबाट ३३, भारतबाट २२, क्यानडाबाट १७, नेपालबाट २०, फ्रान्सबाट १२, अष्ट्रेलियाबाट १०, इराकबाट १, जापानबाट ७, आयरल्याण्डबाट ६, नेदरल्याण्ड्सबाट २, नर्वेबाट २, दक्षिण कोरियाबाट १, रोमानियाबाट १ जनाले आरोहणको अनुमति लिएका छन् ।
त्यस्तै, अर्जेन्टिना २, अष्ट्रिया ६, बेल्जियम १, ब्राजिल ४, बुल्गेरिया १, चीन १०, क्रोएसिया १, चेक रिपब्लिक १, डेनमार्क १, इक्वेडर २, इजिप्ट १, एल साल्भाडोर १, फिनल्याण्ड ३, जर्मनी ४, होण्डुरस १, इजरायल २, इटाली २, केन्या १, लिथुवानिया १, मलेसिया ३, मेक्सिको ४, मंगोलिया २, न्युजल्याण्ड २, न्युजल्याण्ड १, ओमान १, पोल्याण्ड १, पोर्चुगल १, कतार १, साउदी अरब १, सिंगापुर १, दक्षिण अफ्रिका २, स्वाजील्याण्ड २, स्वीडेन २, उरुग्वे १ र भियतनाम २ जनाले सगरमाथा हिमाल आरोहणको लागि अनुमति लिएको विभागले जनाएको छ ।
सगरमाथापछि वसन्त ऋतुमा ल्होत्से (८,५१६मि) हिमाल आरोहणका लागि बढी आरोहीले अनुमति लिएका छन् । ल्होत्से हिमाल आरोहणका लागि एक सय ३ जना आरोहीले अनुमति लिएका छन् ।
अमादब्लमका लागि ९७, अन्नपूर्ण १ का लागि २६, अन्नपूर्ण ४ का लागि ९, बरुन्त्से हिमालका लागि २०, भेम्डिङ–रि हिमालका लागि ८, धौलागिरिका लागि २७, गंगापूर्ण हिमालका लागि २, हिमलुङ हिमाल आरोहणका लागि ३५, कञ्चनजङ्घाका लागि ६७, खाङचुङ पिकका लागि २, ल्होत्सेका लागि १०३, मकालुका लागि ३९, मनास्लुका लागि ९, मुकोट हिमालका लागि ४, र्नोबु खाङ हिमालका लागि ५, नुप्च्से हिमालका लागि ५७, पु–खाङ हिमालका लागि ५, पोखार–खाङ हिमालका लागि ९, सगरमाथाका लागि २९२, थापा पिकका लागि १० र उर्खमान हिमालका लागि २ जनाले अनुमति लिएका छन् ।