आजबाट देशभर एकैसाथ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरु भएको छ । कोरोना महामारीका कारण गत २०७६ र २०७७ सालमा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो ।

यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जानाएको छ । परीक्षाका लागि सबै तयारी पुरा भएको वोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

यस वर्ष ११ हजार ६ सय १५ विद्यालयबाट नियमिततर्फ कूल पाँच लाख १४ हजार ९ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । यसैगरी दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४सय ५४ विद्यार्थी र प्राविधिक तर्फका १४ हजार ५ सय ६४ विद्यार्थी पनि परिक्षामा सहभागी हुँदैछन् ।

परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी हुँदैछन् । यसवर्षको एसइईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० जना विद्यार्थी पनि सहभागी हुने भएका छन् । बोर्डले कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको छ ।

 

 

शुक्रबार, ९ बैशाख, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा