सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डा टुङ्ग्याएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा ६ महानगर र ११ उपमहानगरको भागबण्डामा सहमति जुटेको हो ।

सहमति अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको प्रमुख र वीरगञ्ज,भरतपुर र पोखरा महानगरपालिकामा उप मेयर पाएको छ । त्यस्तै काँग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिको प्रमुख र जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा उपप्रमुख पाएको छ ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिको प्रमुख र ललितपुर महानगरपालिकाको उपप्रमुख पाएको छ । त्यस्तै माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिका प्रमुख र धरान र धनगढी उपमहानगरपालिको उपप्रमुख पाएको छ ।

नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पाएको छ भने हेटौंडा उपमहानगरपालिकाको मेयर र इटहरी, बुटवल र तुलसीपुर उपमहानगरपालिकाको उपमेयर पाएको छ ।

जनता समाजवादी पार्टीले वीरगञ्जको मेयर र विराटनगरको उपमेयर तथा जनकपुर उपमहानगरपालिकाको मेयर र कलैया र नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयर पाएको छ ।

 

 

 

बुधबार, ७ बैशाख, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे