अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा साझा धारणा बनाउन बिहीबार सत्ता गठबन्धन दलहरूको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भेटवार्ता भएपछि सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठक बिहीबारका लागि डाकिएको हो ।

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार, संसद् अवरुद्ध भइरहेको बेला एमसीसी टेबल गर्ने कुरा तत्काल सान्दर्भिक नभएकाले सत्तारूढ दलको बैठक डाक्न अध्यक्ष दाहालले राखेको प्रस्तावमा प्रधानमन्त्री देउवा सहमत भएपछि बैठक बोलाइएको हो ।

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच बुधबार भएको भेटवार्तामा बिहीबार सत्तारूढ दलको बैठकपछि मात्र अघि बढ्ने सहमति भएको छ । सरकारले बुधबार नै एमसीसीको प्रस्ताव सदनमा टेबुल गर्ने योजना बनाएको थियो । माओवादी केन्द्र संसदीय दलको बैठक सकेर अध्यक्ष दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएको थियो । भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री देउवासँग तत्काल एमसीसी टेबल नगर्न आग्रह गरेको मल्लले जानकारी दिए ।

बुधबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले संसद्भित्र सहमति जुटाएर मात्र एमसीसीलाई अघि बढाउनुपर्ने निर्णय गरेको छ ।

बुधबार माओवादी केन्द्रका भ्रातृ सङ्गठनहरूले नयाँ बानेश्वरमा एमसीसीका विरोधमा प्रदर्शन गरेका छन् । ती प्रदर्शनमा पार्टीका नेता नारायणकाजी श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

बिहिबार, ५ फाल्गुन, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा