सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशा (एमसीसी) सम्झौताका विषयमा राष्ट्रिय सहमति जुट्नुपर्ने निष्कर्श निकालेको छ ।

सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको नेपाली काँग्रेसले एमसीसी संसदबाट पारित हुनुपर्नेमा जोड दिदै आए पनि यो यस विषयमा गठबन्धनभित्र छलफल र सहमति नजुटेका कारण संशोधन र परिमार्जन नगरी अगाडि बढाउन नसकिने माओवादी केन्द्रका सचेतक देव गुरुङले बताए ।

‘सहमति नजुटे त्यसको विपक्षमा मतदान गर्ने र संशोधन वा परिमार्जन नगरी अगाडि बढाउन सकिँदैन । संसद् सुचारु नगरी कुनै पनि एजेण्डा अगाडि बढ्दैन ।’ गुरुङले बताए ।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बस्न लागेको संसद्को बैठकमा एमसीसी टेबल हुने विश्वास व्यक्त गरेका थिए । तर गठबन्धनमा रहँदै आएको माओवादी केन्द्रले यस विषयमा राष्ट्रिय सहमति जुट्नुपर्ने निर्णय गरेको हो ।

बुधबार, ४ फाल्गुन, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा