पछिल्लो २४ घण्टामा देशभर थप ८३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
४ हजार २६० जनाको पीसीआर परीक्षण गर्दा ४९१ जना र २३९४ जनाको एन्टीजेन परीक्षण गर्दा ३४५ जना गरी ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १८२६ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११८८२ पुगेको छ ।