नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै स्वास्थ्य व्यवसायीहरुले जिल्ला प्रशासन कार्यलयमा उजुरी हालेका छन् ।

अध्यक्ष खड्काले महासंघको नियमित बार्षिक साधारणसभा नगरेको, नियमित कार्यसमिति वैठक नबोलाएको र समयमा निर्वाचन नगरी पदको दुरुपयोग गरेर महासंघलाई एकलौटीढंगले चलाएको भन्दै व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेका हुन् ।

मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने व्यवसायीहरु समेत खड्काको कार्यशैली प्रति रुष्ट छन् । महासंघको कार्यसमितिका अधिकांश पदाधिकारी, पूर्वअध्यक्षसहित ६० प्रतिशत भन्दा बढि व्यवसायीले खड्काविरुद्ध हस्ताक्षर गरेर उजुरी हालेका हुन् ।

अध्यक्ष खड्का विरुद्ध उजुरी परेपछि पुष २२ गते जिल्ला प्रशासन कार्यालयले अध्यक्ष खड्कालाई तीन दिनभित्र आवश्यक कागजातसहत उपस्थित हुन पत्र काटेको थियो । तर अध्यक्ष खड्का समयावधीमा जिल्ला प्रशासनमा उपस्थित नभएपछि माघ २ गते अर्को पत्र तुरुन्त उपस्थित हुनका लागि काट्यो । प्रशासनले दोश्रो पत्रमा भनेको थियो–‘अघिल्लो पत्रमा माग गरेका कागजातसहित २०७५/७६को साधारणसभाको उपस्थिति संख्या, लेखा परीक्षण प्रतिवेदन, सदस्य संख्याको विवरणसहित तुरुन्त कार्यालयमा उपस्थित हुन आदेश अनुसार अनुरोध छ, अन्यथा कानून अनुसार भैजाने व्यहोरासमेत जानकारी गराइन्छ ।’

प्रशासन कार्यालयको दोश्रो पत्र आएपछि भने खड्का गत माघ ९ गते केही कागजातसहित उपस्थित भएका थिए । जिल्ला प्रशासनले माघ १६ गते पत्र लेख्दै स्वास्थ्य मापदण्ड पुरागरी ३५ दिन भित्र बार्षिक साधारणसभा गर्न आदेश अनुसार अनुरोध गरेको छ ।

खड्का निरन्तर महासंघको दोश्रो कार्यकाल अध्यक्ष भएर काम गरिरहेका छन् । उनकै सक्रियतामा बायोमेट्रिक लागु भएपछि धेरै व्यवसायी खड्का प्रति असन्तुष्ट छन् । आफ्नै व्यवसायी माथि सिण्डिकेट लागु गरेको आरोप उनलाई लाग्दै आएको छ ।

‘साधारणसभा गरेपछि महासंघबाट पत्तासाप हुने डरले खड्का महासंघमा टाँसिएर बसिरहेका छन्’ एक असन्तुष्ट व्यवसायीले बताए । उनी अझै महासंघको आडमा सिण्डिकेट लागु गर्ने र पदको दुरुपयोग गर्ने दाउमा रहेको आरोप छ ।

जिल्ला प्रशासनले ३५ दिनभित्र साधारणसभा गर्न पत्र पठाएको जानकारी दिदै अध्यक्ष खड्काले अव सोही अनुसार अगाडि बढ्ने बताए । उनले कोभिडका कारण साधारणसभा गर्न नसक्दा केही व्यवसायीले असन्तुष्टी जनाएको भएता पनि सबै व्यवसायी आफ्नो पक्षमा रहेको तर्क गरेका छन् ।

शुक्रबार, २८ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा