चन्द्रागिरिमा हिउँ खेल्न गएका पाँच जना हराएपछि उद्धार गरिएको छ।

महानगरीय प्रहरी वृत्त थानकोटले हराइरहेका एकै परिवारका पाँच जनालाई गए राति उद्धार गरेको हो।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानका उनीहरू आइतबार हिउँ खेल्न गएका थिए। बेलुकीसम्म पनि घर नफर्केपछि उनीहरूको खोजी गरिएको थियो।

५ जना हराइरहेको भन्ने खबर प्रहरीलाई आइतबार बेलुकी ८:३० मा खबर भएको थियो।

त्यसपछि प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेय र महानगरीय प्रहरी कार्यालय भृकुटीमण्डपबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विपद व्यवस्थापन गुल्म सामाखुसीसहित ३७ जना प्रहरी टोलीले हिउँ खेल्न जाँदा हराएकाहरूको खोजी गरेको थियो।

महादेवस्थानकी २३ वर्षकी रिता गुरूङ, १५ वर्षकी सौभाग्य गुरूङ, १३ वर्षका सहज गुरूङ, ११ वर्षकी जेनिसा गुरूङ र ७ वर्षका एनवीन गुरूङलाई उद्धार गरिएको प्रहरीले जनाएको छ।

पाँच घन्टा खोजेपछि उनीहरूलाई चन्द्रागिरि जंगलबाट राति १:१५ बजे फेला पारिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई सकुशल उद्धार गरेर आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

सोमवार, २४ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा